पूर्वराष्ट्रपति भण्डारीद्वारा अरुणोदय स्मारिका लोकार्पणजलविद्युतको शेयरमार्फत विपन्न नागरिकको जीवनस्तर उकास्न सरोकारवालासँग उर्जामन्त्रीको छलफलसाउथवेस्टर्नको विज्ञान प्रदर्शनी सम्पन्न :२० हजार द्धारा अवलोकनएभरेस्ट बेस क्याम्पमा ग्यास्ट्रोनोमी कार्यक्रम २०२५ हुनेआज माघ २५ गते शुक्रबार : कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस् राशिफलबससेवा डटकमले भ्यालेन्टाइन डेको अवसरमा छुट अफर सुरुबुढिगण्डकी हाईड्रोपावरमा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने,मिस एण्ड मिसेस व्यूटिफुल नेपाल यस वर्ष पनि हुनेसाउथवेस्टर्नमा १३ औं विज्ञान प्रदर्शनीकोशी प्रदेशको उर्जा र सिंचाईको विकासका लागि कोशी प्रदेशका सांसदसँग उर्जामन्त्रीको छलफल

नेत्रविक्रम चन्द समूहले आह्वान गरेको नेपाल बन्दको आंशिक प्रभाव

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ जेष्ठ १३ गते, सोमबार ०९:०८

काठमाडौं, १३ जेठ । प्रतिबन्धित नेत्रविक्रम चन्द समूहले आह्वान गरेको नेपाल बन्दको आंशिक प्रभाव परेको छ ।

आफ्ना कार्यकर्ता मारिएको विरोधमा चन्द समूहले आह्वान गरेको बन्दको आंशिक प्रभाव परेको हो ।

काठमाडौं उपत्यकामा सवारी साधन अघिपछिको तुलनामा केही कम चलेका छन् ।

मुख्य बजार बन्द छन् भने, भित्रि सडकका अधिकांश पसल खुला नै छन् । अधिकांश विद्यालय भने बन्द भएका छन् ।

काठमाडौं उपत्यकाबाहिरका जिल्लामा भने बन्दको प्रभाव परेको छ ।

अधिकांश जिल्लामा सवारी सञ्चालनमा आएका छैनन् भने उद्योग, कलकारखाना र शिक्षण संस्थान पनि ठप्प भएका छन् ।

भोजपुरमा आफ्ना कार्यकर्ता मारिएको विरोधमा चन्द समूहले आज बन्द आह्वान गरेको हो ।

बन्दका क्रममा कुनै अप्रिय घटना नहोस् भनेर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।(जनसवाल डट कम बाट)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु