नवीन सम्मानितचाँदबागको दुवै टोली क्वाटरफाइनलमापिस प्वाइन्ट कप शुक्रबारदेखिलोयल्टी र काभ्या क्वाटरफाइनलमाप्रथम चावहिल ‘जुत्ताचप्पल व्यापार मेलामा भिड बढ्दो, उद्योगीद्वारा उपभोक्तालाइ सिधै छुटको आकर्षणमध्यपहाडी लोकमार्ग निर्माणमा ढिलाइबारे बाबुरामले गरे प्रमुखसँगै कुरामहामन्त्री थापाको प्रस्ताव ः सुशासनलाई मुलमन्त्र बनाई जनताका मुद्दासँग निरन्तर जोडिनेछौंआज फाल्गुण ९ गते बुधबार : कस्तो छ तपाईंको आजको दिन ? हेर्नुस् राशिफलमेयर कप राष्ट्रिय फुलकन्ट्याक्ट कराते प्रतियोगिता २०८० सम्पन्नसिद्ध गुफामा डा. उपाध्यायको पुस्तक लोकार्पणसँगै एल्वम विमोचन

विप्लव समूहले आह्वान गरेको बन्दको आंशिक प्रभाव

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ जेष्ठ १३ गते, सोमबार १४:१६

काठमाडौ। नेपाल सरकारवाट प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहले आह्वान गरेको नेपाल बन्दको नेपालमा प्रभाव परेको छ। आफ्ना कार्यकर्ता मारिएको विरोधमा विप्लव समूहले आह्वान गरेको बन्दको आंशिक प्रभाव परेको हो।

काठमाडौं उपत्यकामा सवारी साधन अघिपछिको तुलनामा केही कम चलेका छन्। मुख्य बजार बन्द छन् भने, भित्रि सडकका अधिकांश पसल खुला नै छन्। अधिकांश विद्यालय भने बन्द भएका छन्। काठमाडौं उपत्यकाबाहिरका जिल्लामा भने बन्दको प्रभाव परेको छ।

लामा तथा छोटा दूरीका सवारी आगमन पनि थप्प जस्तो भएको छ। विप्लवका पहिलाका बन्दमा भन्दा आजको बन्दमा तुलनात्मक रुपमा असर परेको छ। ठाउं ठाउंमा शंकास्पद बस्तु भेटिएकोले सवैलाई आतंकित बनाएको छ। अधिकांश जिल्लामा सवारी सञ्चालनमा आएका छैनन् भने उद्योग, कलकारखाना र शिक्षण संस्थान पनि ठप्प भएका छन् ।

भोजपुरमा आफ्ना कार्यकर्ता मारिएको विरोधमा विप्लव समूहले आज नेपाल बन्द आह्वान गरेको जनाएको छ। नेपाल बन्दका क्रममा कुनै अप्रिय घटना नहोस् भनेर सरकारले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु