
काठमाण्डौं– मौलिक कला संस्कृतिको संरक्षणमा क्रियाशील सञ्चारकर्मी एवं कलाकार सन्तोष बजगाईको शव्दमा नयाँ लोकदोहोरी गीत आएँ म त २२ लागेर बजारमा आएको छ ।
कलाकार राजेन्द्र पाठक र नव गायिका शान्ता फुँयालको स्वरमा सजिएको आएँ म त २२ लागेर बोलको गीतमा निराजन प्याकुरेलले उत्कृष्ट लय भरेका छन् ।
माया गर्ने मान्छेलाई यदि घरमा विवाह गर्न दिएनन् भनेपनि उनिहरु आफ्नो मायालाई भागेर भएपनि पुरा गर्छन भन्ने कथावस्तुमा तयार भएको यस गीतको म्युजिक भिडियो समेत हालैमात्र सार्वजानिक भएको हो ।
जुजु गुरुङको एरेन्जमेन्टमा तयार भएको यस गीतको भिडियोमा प्रकाश शर्मा र उषा मगरको अभिनय देख्न सकिन्छ ।
यस गीतले सोचेजस्तै सफलता पाओस् सम्पूर्ण टिमलाई शुभकामना ।
भिडियो हेर्नुहोस्


