• तेक्वान्दो खेलाडी रोमीलाई बिमानस्थलमा भब्य स्वागत

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १३ जेष्ठ २०७६, सोमबार १९:४७

    -डिएन घिसिङ

    काठमाडौंबिश्व तेक्वान्दो महासंघको खेलकुद व्यवस्थापन र प्रशासनमा इन्टर्न गर्न कोरियामा रहेकी तेक्वान्दो खेलाडी रोमि गीरीले कोर्स पूरा गर्दै आज स्वदेश फर्ककि छिन । विश्व तेक्वान्दो महासंघको छात्रवृत्ति परियोजनामा अन्तर्गत उनले दक्षिण कोरियामा १बर्षको कोर्स अध्ययन गर्न पाएकी हुन।खेलकुद ब्यबस्थापन अन्तर्गत आधुनिक खेलकुद अवस्था र चुनौती, भौतिक पुर्बाधारको महत्व लगाएतका बिषयमा रहेर अध्यन गरेकी हुन।रोमिले कोरियामा रहेदा तेक्वान्दोको अन्तर्राष्ट्रिय मुख्यालयबाट प्रकाशित हुने एक महत्वपुर्ण पुस्तक सम्पादन टिममा समेत बसेर काम गरिसकेकी छिन। जुन नेपाली खेलकुद जगतको लागि निकै ठूलो अबसर रूपमा हेरिएको छ।अन्तर्राष्ट्रिय बिमानस्थलमा आगमन सगै खुशी मुद्रामा रोमीले स्वदेशको खेल बिकासमा कृयाशिल हुने कुरा बताइन।

    सोही अबसरमा उनलाई तेक्वान्दोका खेलाडीहरु एब खेलकर्मीहरुले स्वागत गरेका थिए।तेक्वान्दो खेलमा ब्ल्याक बेल्ट चौथो डान लिइसकेकी रोमिले संयुक्त राज्य अमेरिकाको नेपालस्थित दूतावासकी युथ काउन्सिल मेम्बर समेत बनेर काम गरीसकेकी छिन। यस अगी रोमिले नेपाली खेलकुद इतिहासमा खेलाडीको हैसियतमा सयुक्त राष्ट्रसंघको कार्यक्रममा समेत मन्तव्य दिइसकेकि छिन।शालिन र प्रष्ट वक्ताको रूपमा चिनिएका रोमीको कोरियाको इन्टर्सिप कोर्शले मुलुकको खेलकुदको लागि निकै फलदायी हुनेमा खेलकुद बृतमा चर्चा हुने गरेको छ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु