नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ काठमाडौमा  महेश कुँवरको नेतृत्वविकास शिल्ड उपाधि पुरुषतर्फ सशस्त्र प्रहरी बल एपीएफ र महिलातर्फ सुदुरपश्चिम प्रदेशलाईमधेशी एकता समाजको होली समारोह धुमधाम र भव्यताका साथ दुबईमा सम्पन्नHONOR Wins 45 Media Awards at MWC 2024नयाँ गठबन्धन निर्माणसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन जना मन्त्री नियुक्तनेपाल मेडिकल कलेजमा श्रवण सम्बन्धी निःशुल्क स्वास्थ्य जाँचलक्ष्मी ग्रुपका अध्यक्ष श्रेष्ठलाई ‘कर्पोरेट लाइफटाइम अचिभमेन्ट अवार्ड’, को हुन् उनी ?राष्ट्रिय सभाका निर्वाचित १९ सदस्यले आज शपथग्रहण गर्दैविकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिपः सुदुरपश्चिम र लुम्बीनी फाइनलमा प्रवेशतपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

दुर्घटनामा कर्मचारीका अध्यक्ष ढकाल र उपाध्यक्ष गुरागाई घाइते

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ जेष्ठ १४ गते, मंगलवार २०:१६

काठमाडौं । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकाल र नेपाल निजामती कर्मचारी संगठनका उपाध्यक्ष बैकुण्ठ गुरागाई सवारी दुर्घटनामा घाइते हुनुभएको छ ।
तेह्रथुमबाट काठमाडौं फर्कने क्रममा उहाँहरु सवार बा १ ज ५१२९ को गाडी गत बिहीबार राती काभ्रेको भकुण्डेबेसीमा दुर्घटना भएको हो ।राती २ बजे भएको दुर्घटनामा अध्यक्ष ढकालको बाँया हातमा र उपाध्यक्ष गुरागाइको छातीमा चोट लागेको परिवारले जनाएको छ । गाडी सडक छोडेर खाल्डोतिर पसेको ढकालले जनाउनुभयो । स्थानीयबासी र प्रहरी प्रशासनको सहयोगमा घाइतेलाई राती नै एम्बुलेन्समा ल्याई काठमाडौंको सिभिल अस्पतालमा उपचार गराइँदैछ । दुबैको अवस्था सामान्य रहेको चिकित्सकले जनाएका छन् ।
ढकालको अर्थोपेडिकको १ सय ४४ र गुरागाइको १ सय ४५ नम्बर कोठामा उपचार भइरहेको छ । दुबै घाइतेलाई चिकित्सकले केही दिन आराम गर्न सुझाव दिएका छन् । उहाँहरुको बुधबार डिस्चार्ज गर्ने तयारी छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु