• नेपाललाई फुड टुरिजमको उत्कृष्ट गन्तब्यका रुपमा परिणत गर्ने मूल उद्धेश्यसहित एसियामा नै पहिलो पटक वर्ल्ड फुड ट्राभल एसोसिएसनको छेत्रीय फुड टुरिजम सम्मेलन

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १४ जेष्ठ २०७६, मंगलवार २३:०५

    काठमाडौ जेठ १४,

    नेपाललाई फुड टुरिजमको उत्कृष्ट गन्तब्यका रुपमा परिणत गर्ने मूल उद्धेश्यसहित एसियामा नै पहिलो पटक वर्ल्ड फुड ट्राभल एसोसिएसनको छेत्रीय फुड टुरिजम सम्मेलन “फुडट्रेक्स’ यहि २४, २५ र २६ मेई, काठमाडौँमा टु टेबल्स, यु-टर्न र सोसयल टुर्सको संयुक्त आयोजनामा सम्पन्न भयो l

    वर्ल्ड फुड ट्राभल एसोसिएसनका नेपालकालागि सद्भाव राजदुत सुरज प्रधान जो हाल अस्ट्रेलियामा सेफ रहनुका साथै टु-टेबल्स कम्पनिका प्रबन्धक निर्देशकपनि छन् l सुरजका अनुसार विश्व बजारमा नेपाली खाना पर्यटनको प्रचुर सम्भावना छ तर नेपालको दुर्भाग्य हाम्रा खानाका परिकारहरु साथै खाना पर्यटनका आधारहरु हुदाहुदैपनि यसको सहि प्रचार प्रसार को अभाबले गर्दा गुणात्मक ढंगले पर्यटन क्षेत्रमा प्रयोग गर्न सकिरहेका छैनौ l

    मई २४, २५ र २६ गरि तिन दिनको उक्त कार्यक्रममा २४मा काठमाडौँ फुड ट्रेलको परिकल्पना गरिएको थियो l उक्त दिनमा नेपालमा पहिलो पल्ट फुड टुरको अवधारणा विकासगरि काठमाडौँ वरिपरि ट्रेल बनाई घुमाइयो l सोसियल टुर्सका प्रबन्धक राज ज्ञवालीले अब यसलाई निरन्तरता दिदै अधिराज्यभरिनै विस्तार गरिने जनाए l त्यसैगरि २५ मा मिट दि सेफ नामक कार्यक्रम ठमेल स्थित हबमा आयोजना सम्पन्न भएको थियो l यस कार्यक्रममा विभिन्न अन्तरास्ट्रिय रुपमा काम गरिसकेका लगायत सिकारु कुकहरु मिलेर नेपाली परिकार नौलो किसिमले प्रस्तुत गरिएको थियो l २६ मईमा बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा फुड टुरिजम सम्मेलन सम्पन्न भयो l उक्त फुड टुरिजम समिटका प्रमुख वक्ताहरुमा वर्ल्ड फुड टुरिजम एसोसियसनका अध्यक्ष इरिक वुल्फ़ र फुड टुरिजमका विज्ञ डा सौरभ कुमार दिक्षित रहेका थिए l फुड टुरिजमका अतिथि वक्ताहरुमा नेपाल टुरिजम बोर्डका कार्यकारी निर्देशक दिपक राज जोशी तथा केजीएच ग्रुपका संस्थापक कर्ण शाक्य रहेका थिए भने समूह वक्ताहरुमा बिजय अमात्य, विनायक शाह, संगम शेर्पा, राज ज्ञवाली, हुमा बोक्खिम, लक्ष्मण प्रसाद भण्डारी, डा अरुणा उप्रेती, समित कपाली, कुमार चालिसे, प्रशान्त खनाल, मुना गुरुङ, फ्रान्सवा रहेका छन् भने सहजकर्ताहरुमा टेक बहादुर महत र शुभेछ्या प्रधान रहनुका साथै कार्यक्रम संचालन सनम चित्रकारले गर्नु भएको थियो l वर्ल्ड फुड ट्राभल एसोसिएसनका कार्यकारी निर्देशक एरिक वुल्फले आफ्नो बिचार यसरी व्यक्त गरे – ” नेपालका खानेकुरा र यसका कथाहरुलाई विश्व खाना प्रेमीहरूको गन्तब्यको रुपमा चिनाउन सकिन्छ, र त्यो सम्भावनालाई बुझ्नका लागि मुख्य सहभागीहरू स्थानीय उद्यमीहरू अगाडि बढ्नु पर्नेहुन्छ ” नेपालका लागि खाद्य पर्यटन रणनीति अति आवश्यक रहेको हुदा पर्यटन बोर्डसंग साझेदारीमा सहकार्य गर्न सकिने जनाए l सम्मेलनको अन्त्यमा निष्कर्ष थियो कि नेपाल साँच्चै खाना पर्यटकहरु स्वागत गर्नको लागि क्षमतावान छ, तर नेपालमा खाना पर्यटनको प्रभावकारी मार्ग निर्देशन चाहिन्छ l

    फुडट्रेक्स समिटको दिन मौलिक खानेकुराहरुको स्टलहरु ग्लोबल नेप्लिज सेफ्स फेडेरेशनले व्यवस्थापन गरेको थियो भने उक्त दिनको सुरुवात उक्त होटेलमा आइतबारे किसान बजार र त्यहि स्थित भिलेज क्याफेको घुमफिरबाट सुरु भएको थियो l फुडट्रेक्स स्पेनसमेतमा भाग लिएर आएका टु टेबल्स नेपालका कुमार चालिसेका अनुसार नेपालमा फुड पर्यटन नितान्त नौलो किसिमको पर्यटन हो, जसमा वर्ल्ड फुड ट्राभल एसोसिएसनको सहयोग लिएर नेपालमा काम गरिने बताउनु भयो l कार्यक्रमको आयोजक मध्यका यु टर्नका निर्देसक रोबिन सिटौलाका अनुसार यस फुड टुरिजमले नेपालको पर्यटनमा नौलो आयाम ल्याउन मद्धतका साथै नेपाल सरकारले सन् २०२० मा ‘ नेपाल पर्यटन बर्ष ‘ मनाउने घोसणा गरेको परिपेक्ष्यमा सहयोग पुर्याउने जनाए साथै आगामी बर्ष फुडट्रेक्स २०२० को घोषणापनि गरिएको थियो l

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु