तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

प्रिय म तिमीलाई अपमान गर्न सक्तिन।।।।

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ जेष्ठ १५ गते, बुधबार ७:३१

प्रिय म तिमीलाई अपमान गर्न सक्तिन।।।।

तिमीले बिद्रोह गरेर बन्दुक समायौ
मैले चुपचाप समर्थन गरे
युद्धको नाममा लड्यौ।
मार्यौ र थुप्रै पटक मर्यौ,
मैले चुपचाप सहे।
मलाइ कैयौ पटक स्वतन्त्रताका भाषण दियौ
मैले चुपचाप सुने र कार्यान्वयन गरे।
आधारातमा घरको झ्यालमा सुस्तरी बोल्थ्यौ
म! बाबाको आखा छल्दै ढोका खोल्थे।
कैयौ दिन हराएर फेरी झुल्किन्थ्यौ
म मुस्कुराएर तिमीलाई उर्जा भर्थे।
घन्टौ तिमी घट्ना दुर्घट्ना सुनाउथ्यौ
म जिज्ञासु बनेर चुपचाप सुन्थे।
जे गरे पनि समर्थन र साथ दिन्थे
मलाई तिमी संगै म र मेरो देशको चिन्ता थियो।
तिमीले चाहेको #गणतन्त्र आयो
म तिमीलाई हेरेरै मख्ख थिए।
तिमीले भने झै सुख, शान्ति र विकासको कल्पना गरे
मेरो यहि भुल भयो प्रिय!!
मैले तिमीले देखाएका सपनाहरु विपनामा चाहे
मेरो यहि गल्ति भयो प्रिय!!
हत्या हिंशा र भ्रष्टाचारको अन्त्य भनेर तिमी भन्थ्यौ
मैले यो सब पत्याउनु अपराध भो प्रिय!!
स्वदेशमै रोजगारी सबैको साझेदारी भनेर फुर्क्यौ
तिमी मरुभुमीमा छौ किन प्रिय!!
संगै दुःख सुख बाड्न पाइने सपना देखाएर
आफैले लडेर ल्याएको #गणतन्त्र
यहा अलपत्र छोडेर तिमी विदेसियौ प्रिय!!
जब सम्म देशमा विकाशको पुर्वाधार तयार गरेर
तिमी र तिमी जस्तै जन शक्ति
यहि देशमा रहने परिपाटी तयार हुदैन,
जब सम्म सरकारी अफिसहरुमा
सर्वसाधारणको काम बिना घुस
सरारी एकै छिनमा हुदैन,
जब सम्म गैर सरकारी संघ सस्थाले
मात्र ,झुटो रिपोर्ट पेश गरेर
डलर पचाउने परिपाटीको अन्त्य हुदैन।
जब सम्म आवाज बिहिनहरुको आवाज आफै बुलन्द बनेर आउदैन
जब सम्म समावेशीता पालामा मात्र सिमीत नभएर व्यावहारीक बन्दैन
तव सम्म तिम्री #देवुले कहिल्यै
#गणतन्त्र दिवश मनाउने छैन।
म तिमीले देखाएको बाटो हिडे
तिम्रो कुरा चुपचाप सुने र पत्याए।
यसैले प्रिय! म तिमीलाई अपमान गर्न सक्तिन।।
तर जेठ पन्ध्र गते तिम्रो #गणतन्त्र दिवश मनाउन सकिन।।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु