दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

चलचित्र ‘पासवर्ड’को प्रदर्शन भदौ २७ बाट हुने तय

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ जेष्ठ १७ गते, शुक्रबार ७:२४

काठमाडौं, १६ जेठ । चलचित्र ‘पासवर्ड’को प्रदर्शन भदौ २७ बाट हुने तय भएको छ । एबी इन्टरनेसनलको ब्यानरमा निर्माण भएको पासवर्डलाई सम्राट बस्नेतले निर्देशन गरेका हुन् ।

यस चलचित्रको एक गीतमा बलिउड अभिनेत्री सनी लियोनीले आइटम डान्स गरेकी छिन् । चलचित्रमा अनुपविक्रम शाही, बुद्धि तामाङ, रविन्द्र झा, विक्रम जोशी, प्रविन खतिवडा, धिरेन शाक्य, लिसा सुनार, छुल्ठिम गुरुङ, बिक्रान्त बस्नेत लगायतले अभिनय गरेका छन् ।

सनी लियोनी फिचार्ड गीत भने जेठ २० गते रिलिज हुँदैछ । एक्सन कमेडी थ्रिलर जनारामा निर्माण गरिएको चलचित्रको छायांकन नेपाल, लण्डन, स्कटल्याण्ड र माल्समा गरिएको हो ।

सीमा गुरुङको कथा, अर्जुन जिसीको सम्पादन र सौरभ लामाको कोरियोग्राफी रहेको चलचित्रमा अमित बस्नेत र हिराल जोशीको लगानी रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु