नेपाल महिला चेम्बर र सनराईज बैंकको एक दिने कार्यशाला सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ जेष्ठ १७ गते, शुक्रबार २२:०५

काठमाडौ, १७ ज्येष्ठ – नेपाल महिला चेम्बर र सनराईज बैंक लिमिटेडको संयुक्त आयोजनामा बित्तिय लेखा तथा करका बारेमा परामर्श बिषयक एक दिने कार्यशाला सम्पन्न भएको छ । कार्यशाला शुक्रवार जमल स्थित चेम्बर सचिवालयमा आयोजनामा आएको हो । कार्यशालामा सामाजिक उत्तरदायित्व अनुरुप बैकिङ, लेखा, नियम कानुन, लेखा राख्ने, जरिवानाबाट बच्ने तरिका बारे ब्यवसायीलाई जानकारी गराईएको थियो । सो अवसरमा सनराईज बैंकले महिला उद्यमीहरुलाई सहजिकरण गर्न पुँजीलाई मात्र नभई सिप र प्रविधी प्रयोगमा बैंकको सुविधाको बारेमा जानकारी दिलाएको थियो । सबै महिला उद्यमीसँग सिप मेहनतका साथै कृयाशिल भए पनि प्रतिफल नपाएकाले शक्तिशाली तत्व जानकारीलाई बैंकले अघि सारेको हो । बैंकको ४५ औं कार्यशालामा साधारण उद्यमशिलतामा लाग्ने जो कोहीलाई पनि कुन कुन कुरा कुन कुन क्षेत्रमा उत्प्रेणा गर्ने काम बैंकले गरेको छ ? साना ब्यवसायीलाई अनुदान दिने, सुविधा दिने, समय तालिका र लगानी बारेको लेखा पुँजी र गैर् पुँजी बारे चेतना दिने काम कार्यशालामा भएको थियो ।

कार्यशालामा नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठ, लिमा अधिकारी लगायतका पदाधिकारीहरुको सहभागिता रहेको थियो । त्यस्तै, बैंकका तर्फबाट अधिकृत सुगम पोखरेल, कर्पोरेट बैंकिङ डिपार्टमेन्टका हरिप्रसाद आचार्य लगायतले उपस्थिती जनाएका थिए । कार्यशालामा सहभागी महिला उद्यमीहरुलाई महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठले सहभागिताको प्रमाणपत्र वितरण गरेकी थिईन । ततपस्चात् कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले महिला उद्यमीहरुमा उद्यमशिलताको विकाससँगसंगै लेखा एबम करका बिषयमा समेत ज्ञान हासिल गर्न सहजता मिलोस भन्ने अभिप्रायका साथ कार्यशालाको आयोजना गरिएको बताईन ।त्यसैगरि, कार्यक्रम माझ बोल्दै नेपाल चेम्बरका निर्देशक किरण अधिकारीले लेखा र कर प्रणाली बिषयक कार्यशालाको आयोजनाले महिला उद्यमीहरुलाई ठुलो लाभ मिल्ने धारण राखेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु