
म सधै पर्देशमा, उनि उता एक्लै बस्छिन
मेरो घरको रक्षा गर्दै, मेरै बाटो हेर्दै बस्छिन
कहिले कहि रिसाएर, भन्छु यस्ले टाउको खान्छे
तर मलाई धेरै माया, गर्छिन मेरी स्वास्नि मान्छे ।।
मेला पात गाईगोठ, कहिले दाउरा घाँसतिर
एक्लै हँुदा रुन्छु भन्थिन, हेर्दै भातको गाँसतिर
सोच्थे पहिला म नभए, उ त छिटै माईत जान्छे
तर मेरो बाटो हेर्दै, बस्छिन मेरी स्वास्नि मान्छे ।।
मलाई उनको उनलाई मेरो, मायापनि अति नै छ
उनकोलागि देउता जस्तै, उन्कै प्यारो पति नै छ
कहिले कहि रिसाएर, भन्छु यस्ले टाउको खान्छे
तर मलाई धेरै माया, गर्छिन मेरी स्वास्नि मान्छे ।।
दुुःख सुख बुुझेकै छिन, केहि कुरामा संका हुन्न
हजुर जानुुस् राम्रो गर्नुस्, म त भन्छिन कहिल्यै रुन्न
सोच्थे पहिला म नभए, उ त छिटै माईत जान्छे
तर मेरो बाटो कुुर्दै, बस्छिन मेरी स्वास्नि मान्छे ।।
ए हजुर छिटै आउनुुस्, भनिनन् उनले कहिल्यै
उतै लगि पाल्नु मलाई, भनिनन् उनले कहिल्यै
धेरै असल पाएको छुु, मैले कति ज्ञानी मान्छे
मलाई धेरै माया गर्छिन, मेरी प्यारी स्वास्नि मान्छे
तर मेरो बाटो कुुर्दै, बस्छिन मेरी स्वास्नि मान्छे ।।

सन्तोष बजगाई
बेलकोटगढी नगरपालिका–९, नुवाकोट ।


