नवीन सम्मानितचाँदबागको दुवै टोली क्वाटरफाइनलमापिस प्वाइन्ट कप शुक्रबारदेखिलोयल्टी र काभ्या क्वाटरफाइनलमाप्रथम चावहिल ‘जुत्ताचप्पल व्यापार मेलामा भिड बढ्दो, उद्योगीद्वारा उपभोक्तालाइ सिधै छुटको आकर्षणमध्यपहाडी लोकमार्ग निर्माणमा ढिलाइबारे बाबुरामले गरे प्रमुखसँगै कुरामहामन्त्री थापाको प्रस्ताव ः सुशासनलाई मुलमन्त्र बनाई जनताका मुद्दासँग निरन्तर जोडिनेछौंआज फाल्गुण ९ गते बुधबार : कस्तो छ तपाईंको आजको दिन ? हेर्नुस् राशिफलमेयर कप राष्ट्रिय फुलकन्ट्याक्ट कराते प्रतियोगिता २०८० सम्पन्नसिद्ध गुफामा डा. उपाध्यायको पुस्तक लोकार्पणसँगै एल्वम विमोचन

अब प्रचण्ड नै प्रधानमन्त्री बन्नुहुन्छ : गजुरेल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ जेष्ठ १८ गते, शनिबार २०:५४

काठमाडौं, १८ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् सांसद हरिवोल गजुरेलले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आलोपालो रुपमा पार्टी र सरकार चलाउने कुरा पूरानो सहमति भएको स्पष्ट पारेका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै गजुरेलले भने,‘यो कुरा त पहिलेदेखि नै मिडियामा आईरहेका कुरा हुन् । उहाँहरु दुवैले मिलेर नै पार्टी र सरकार चलाउनुहुन्छ । आलोपालोमा सहमति भैसकेको छ ।’ उनले अब प्रचण्ड प्रधानमन्त्री बन्ने घोषणा गरे ।

उनले दुई पार्टी एकता गराउन दुवै अध्यक्षको अहम भूमिका रहेको भन्दै धन्यवाद दिए । ‘अब पार्टीभित्र कार्यविभाजनपनि छिट्टै टुँगो लाग्छ, हामीलाई अध्यक्षमाथि विश्वास छ’–उनले थपे ।नेपालको कम्युनिष्ट आन्दोलनलाई संकटबाट जोगाउनको लागि पनि एकता महत्वपूर्ण भएको उनको भनाई छ । उनले नेपालका नेताहरुले अब बोल्ने तरिका बदल्नुपर्नेमा पनि जोड दिए । उनले भने,‘नेताहरुले आफ्नो व्यवहार बदल्नुपर्छ । मुलुकको विकास र समृद्धिको लागि सत्तापक्ष र प्रतिपक्ष दुवैबीच सहकार्य गर्नुपर्छ ।’

यस वर्षको बजेट राम्रो आएको उनको प्रतिक्रिया छ । तर, बजेटले कृषि क्षेत्रलाई प्राथमिकता नदिएकोमा भने उनले असन्तुष्टि पोखे । उनले भने,‘नारामा त कृषि क्षेत्रको बारेमा धेरै कुरा बोलियो तर, व्यवहारमा त्यस्तो देखिएन । कृषि क्षेत्र प्राथमिकतामा नै परेन ।’

त्यस्तै, सहीद परिवारलाई बजेटले न्याय नगरेको उनको टिप्पणी थियो । उनले भने,‘के सहिद परिवारलाई दश लाख दिँदैमा अब दायित्व पूरा भएको हो त ?’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु