अष्ट ज कृषि सहकारीको छैटौं बार्षिक साधारणसभा सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ जेष्ठ १९ गते, आईतवार ०९:४४

फर्शुराम भुर्तेल/अप्सरा रिजाल

१९ जेठ, काठमाण्डौं । अष्ट ज कृषि सहकारीद्धारा स्वस्थ्य खाद्यवस्तु वितरण सुरु गरिएको छ ।
अष्ट ज कृषि सहकारीको छैटौं बार्षिक साधारणसभाका अवसरमा शनिबार काठमाण्डौंमा आयोजित एक समारोहकाबीच विक्रि प्रक्रियाको उद्घाटन गरिएको हो ।
‘कृषि व्यवसायिकरणको राष्ट्रिय जागरण–समृद्ध नेपालको स्वाधीन अभियान’ को मुख्य भाव संप्रेषण गर्दै आइरहेको अष्ट ज अभियानमा आवद्य व्यक्तिहरु सदस्य रहने अष्ट कृषि सहकारीले ‘उ देखी उ’ सम्म अर्थात् उत्पादकदेखि उपभोक्ता सम्मको प्रारम्भिक कार्यान्वयन शुरु गरेको हो ।

सो बार्षिक साधारणसभा तथा डिस्प्ले शुभारम्भ गर्दै पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधब कुमार नेपालले दुरदृष्टि सोँच राखेर नीतिगत आन्दोलनमा लागेको अष्ट ज अभियान नेपालले उत्पादन र बजारीकरणमा थालेको प्रयासबाट नयाँ तरंग पैदा हुने विस्वास व्यक्त गरे । आशा, लगनशीलता र प्रयत्नमा दृढ रहि कृषि, उर्जा र पर्यटनको विकासमा राज्यको ध्यान जान सके समृद्दि छिटो हासिल हुने कुरा उनले व्यक्त गरे ।

कार्यक्रममा विशिष्ट अतिथि नेकपाका स्थायी समिति सदस्य तथा पूर्व कृषिमन्त्री हरिबोल गजुरेलले मुख्य नेताहरुको माटोमैत्री मानसिकता र उत्पादनमैत्री संस्कृति नभएसम्म परिवर्तन नहुने अनुभुति सुनाए ।

भीख थाप्नेको राष्ट्रियता र सहयोग माग्नेको स्वाधीनता नहुने भन्दै नेता गजुरेलले मानसिकता पुर्नसंरचना अझै नभएको बताए । कृषि नै मुख्य जग हो भनेर बुझाउन नसकिउन्जेल उत्पादनका समस्या यथावत रहने कुरा पनि उनले उल्लेख गरे ।

कार्यक्रममा विशिष्ठ अतिथि रहेका अष्ट ज अभियानका अध्यक्ष लोककृष्ण भट्टराईले उत्पादन र बजारीकरणको आन्दोलनमा अभियानले थालेको प्रयासलाई सघाउन सबैमा आव्हान गरे ।
काठमाण्डौं प्रदेश सांसद कुसुम कार्कीले यो अभियान चौतर्फि संप्रेषण हुनुपर्ने बताउँदै आफ्नो क्षेत्रबाट ऐक्यबद्धता रहेको बताएका थिए भने वरिष्ठ अधिवक्ता बोर्ण बहादुर कार्कीले रु १ लाखको शेयर सदस्य खरिद गरी अभियानमा सामेल हुने घोषणा समेत गरेका थिए ।
गैरआवासीय नेपाली संघ एनआरएनएका कृषि प्रवद्र्धन समितिका संयोजक यूवराज गुरुङले ‘मुना कृषि बजार’का लागि अष्ट जसँग सहकार्य गर्ने बताए।
भने डाँफे टेलिभिजनका अध्यक्ष प्रेम सागर पौडेलले उत्पादन वृद्धि गराउने लक्ष्यमा सरकारी प्रयास सन्तोषजनक हुन नसकेको धारणा व्यक्त गरेका थिए । १५३५ अर्वको उक्त कुल बजेटमा जम्मा ३४.८० अर्ब अर्थात् २.२७ प्रतिशत मात्र बजेट दिइनुले कृषि प्रति राज्य कति गम्भीर छ भन्ने उदाहरण दिएका थिए ।अष्ट ज अभियानका महासचिव निलकण्ठ तिवारीले शाषकहरुमा माटोप्रतिको माया कसरी बढाउने ? चिन्ता व्यक्त गरेका थिए ।

कार्यक्रममा शुभकामना मन्तव्य दिँदै वडा नं ४ का वडाअध्यक्ष मोहन विष्टले आफ्नो तहबाट यस्तो प्रयासमा ऐक्यबद्धता हुने बताएका थिए ।
अभिन्ता चन्द्रा केशी वास्तोलाको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा सहकारीको प्रतिवेदन संचालन हिमाञ्चल राज भट्टराईले प्रस्तुत गरेका थिए भने सदस्य चन्दा थापाले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।

कार्यक्रममा सहकारीद्धारा संकलित तथा प्रवद्र्धित स्वस्थ्य खाद्यवस्तु प्रदर्शनी तथा विक्रि प्रारम्भ गरिएको थियो ।
उक्त अवसरमा पहिलो चरणमा बेसार, तोरीको तेल, अनदिको चामल, जिम्मु, लसुन, आलसलगायतका खाद्य सामग्री बारे जानकारी गराइएको थियो ।
उत्पादक र उपभोक्ता दुवैलाई सहकारीको संजालमा जोड्दै विचौलियाको मारबाट कृषकलाई बचाउन र महँगीको मारबाट उपभोक्तलाई तर्काउन यस्तो प्रयास गरिएको प्रबन्ध संचालक हिमाञ्चल भट्टराईले बताएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु