ज्ञान ज्योति विद्यालयमा पशु कल्याण सचेतना कार्यक्रम सम्पन्ननेपाल प्रहरीको ३१औं महानिरीक्षक (आईजी) मा दीपक थापा नियुक्तयस्तो छ तपाईको आज मंगलबारको राशिफल, आज यी राशिका व्यक्ति हुनेछन् आज लाभान्वितयलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन क्षितिज र नितालाई उपाधिपोखरा कप राष्ट्रिय ह्यान्डबल ः लिगचरण सकियो, भोलि सेमीफाइनलसंगै उपाधि भिडन्त५२ लाख पुरस्कारको १७औं धर्मश्री को तयारी पूरातामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्ष पदमा तुल बहादुर तामाङ निर्वाचितस्थानीय तह कर्मचारी संघ, नेपालको सचिवालय बैठक सम्पन्न, उपहार पनि बाँडियोनेपाल तामाङ घेदुङ साइप्रसको चौंथो अधिवेशन सम्पन्ननृत्य नेपाली पारा’ को पहिलो संस्करणमा रिदिमा र उपासना विजयी

लालबन्दीमा सुरू भयाे बक्स अफिस प्रणाली

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ जेष्ठ १९ गते, आईतवार २२:४९

सर्लाही–सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बक्स अफिस प्रणालीले पारदर्शी समाज र व्यावसायिक शुद्धता कायममा सहयोग पुग्ने बताएका छन् । सर्लाहीको लालबन्दी नगरपालिकास्थित वीणा चलचित्र मन्दिरमा शनिबार सेन्ट्रल सिनेमा म्यानेजमेन्ट सिस्टम (बक्स अफिस) शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताउनुभएको हो । “व्यावसायिक शुद्धता आएपछि राज्य आर्थिक रूपमा बलियो हुन्छ”, मन्त्री बाँस्कोटाले भने, “बक्स अफिस प्रणालीले निर्माता र कलाकारलाई पनि सबल र सफल बनाउँछ ।”

टिकट काटेर कागजको खोस्टा रेकर्ड राखेर आर्थिक अनियमितता गर्ने प्रणालीको अब अन्त्य हुने मन्त्री बाँस्कोटाले बताए । बक्स अफिस प्रणालीबाट नागरिकले तिरेको कर नागरिकतिर नै फर्किने उनले उल्लेख गरे । मन्त्री बाँस्कोटाले नेपालमा प्रसारण गरिने विदेशी विज्ञापनमा विदेशी कलाकारको ठाउँमा नेपाली कलाकारले अभिनय गरेको विज्ञापन प्रसारण गर्नुपर्ने र हलहरू अनिवार्यरूपमा १८० दिन चलाउनुपर्ने कुरामा जोड दिए ।

काठमाडाैं उपत्यकामा एक वर्ष अगाडिदेखि नै बक्स अफिस सिस्टम लागू भए पनि उपत्यका बाहिर मोफसलमा लागु हुन सकेको थिएन । राज्यलाई आर्थिकरूपमा बलियो बनाउन, निर्मातालाई सबल बनाउन र कलाकारलाई उचित पारिश्रमिक दिलाउनका लागि बक्स अफिस सिस्टम लागू गरिएको चलचित्र विकास बोर्डले जनाएको छ । उपत्यकामा गत वर्षको साउन १ गतेदेखि नै बक्स अफिस सिस्टम लागू गरिएको छ । लालबन्दीमा गरिएको उद्घाटनसँगै प्रदेश नं २ का १० हलले बक्स अफिस प्रणालीबाट टिकट काट्न शुरु गरेको बक्स अफिस संयोजक नरेन्द्र महर्जनले जानकारी जनाए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु