दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेइमारलाई लाग्याे बलात्कारको आरोप !

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ जेष्ठ १९ गते, आईतवार २२:५५

काठमाडौं–ब्राजिलका सुपरस्टार फुटबलर नेइमारलाई बलात्कारको आरोप लागेको छ । नेइमारले पेरिसको एक होटलमा एक ब्राजिलकी युवतीलाई बलात्कार गरेको आरोप ब्राजिलको सान पाउलो प्रहरीमा रिपोर्ट दर्ता भएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । रिपोर्ट अनुसार नेइमारले सामाजिक संजालमा कुरा गरेर पेरिसको एक होटलमा युवतीलाई बोलाएर गत मे १५ मा युवतीलाई बलात्कार गरेको आरोप लगाइएको छ । युवतीले प्रहरी समक्ष दिएको बयानमा नेइमार मादकपदार्थ सेवन गरेर आएको र आफुलाई बलात्कार गरेको बताएकी छन् । ती युवतीलाई नेइमारले नै साथीहरु मार्फत ब्राजिलबाट पेरिस बोलाएको समेत रिपोर्टमा उल्लेख गरिएको छ । ति युवती मे १७ मा पेरिसबाट ब्राजिल फर्किएको बताइएको छ ।

ब्राजिलको यूओएल स्पोर्ट्समा यस सम्बन्धि रिपोर्ट प्रकाशित भएपछि नेइमारले एक विज्ञप्ति जारी गर्दै सो आरोप झुटा भएको भन्दै यसको खण्डन गरेका छन् । साथै नेइमारले केहि दिन अघिनै आफुलाई ति महिलाका वकिले बार्गेनिङ गरेर एक्सटोरसनको शिकार बनाउने प्रयास भएको समेत आरोप लगाएका छन् । आफुहरुसँग भएका सबै प्रमाणहरु आवश्यक परेको बेला प्रहरीलाई बुझाउने समेत नेइमारले विज्ञप्तिमा उल्लेख गरेका छन् । नेइमारका पिताले यस विषयमा स्थानीय टेलिभिजनमा कुरा गर्दै नेइमारलाई फसाउन खोजिएको भन्दै आवश्यक परे नेइमारसँग सामाजिक संजालमा भएको कुराकानी समेत सार्वजनिक गर्नसक्ने बताएका छन् । पछिल्लो समय खराब व्यबहारबाट विवादित बनेका नेइमार अहिले कोपा अमेरिका खेल्ने तयारीमा रहेका बेला फेरी विवादमा आएका छन् । नेइमार अभ्यासका क्रममा केहिदिन अघि घाइते भएपनि फेरी अभ्यासमा फर्किएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु