सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्युदुर्घटनामा परेको जहाजमा सवार १९ जना नै सौर्य एयरलाइन्सका कर्मचारी रहेको पुष्टिमधेश प्रदेशमा शेखर समुह बाट जिवछी यादव राज्यमन्त्री बन्दैआजको मौसम : कहाँ-कहाँ छ आज भारी वर्षाको सम्भावना?तारकेश्वर नगरपालिकामा भोली देखि विशेष पोलियो खोप अभियान सुरु हुनेनेपाली पारा तेक्वान्दोलाई बिदाई तथा शुभकामना कार्यक्रमबागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्तहेर्नुस् आज साउन ८ गते मंगलबारको राशिफल१७ करोडको लागतमा निर्माण भएको तारकेश्वर नगरपालिकाको प्रशासनीक भबन उदघाटनविद्यार्थीहरुको मागप्रति आईक्यान जिम्मेवार नभएको भन्दै एनकासाद्वारा चरणवद्ध आन्दोलन घोषणा

बीरेन्द्रको शालीकमा माल्यार्पण तथा दिप प्रज्वलन कार्यक्रम सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ जेष्ठ २० गते, सोमबार ०७:१०

काठमाडौं, १९ जेष्ढ । स्वर्गीय राजा बीरेन्द्र शान्ति प्रतिष्ठानले आज नेपाल शान्ति क्षेत्र घोषणाका प्रवद्र्धक राजा बीरेन्द्रको १९औं स्मृति दिवस नेपालमा स्थायी शान्तिको कामना सहित जवलाखेल स्थित बीरेन्द्रको शालीकमा माल्यार्पण तथा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ ।

स्व. राजा वीरेन्द्र राष्ट्रवाद, शान्ति, विकास र प्रजातन्त्रका प्रवल पक्षधर थिए भन्ने कुरालाई प्रष्ट्याउँदै प्रतिष्ठानले राजा बीरेन्द्रको योगदानको कदरगर्दै ढालिएका सालिकहरू पुनः निर्माण गर्न प्रतिष्ठानले माग गरेको छ । नेपाललाई शान्ति क्षेत्र घोषणाका अभियन्ता राजा बीरेन्द्रले नेपाल राष्ट्रलाई दिएको त्याग र योगदानको नयाँ पुस्तालाई ज्ञान दिन सके मात्र पनि वीरेन्द्रप्रति सच्चा श्रद्धाञ्जली हुने छ भनि प्रेस वक्तव्यमा भनिएको छ ।
खर्च नगर्ने, सरल रहन–सहन मनपराउने, शिष्टाचारमा विशेष ध्यान दिने, न्यायोचित व्यवहार प्रदर्शन गर्ने, सबैलाई मीठो बोलेर आफ्नो बनाउने अद्भूत गुण भएका वीरेन्द्र सबै नेपालीको तनमनमा बस्न सफल भएको प्रतिष्ठानले जनाएको छ ।
जनतालाई सुखी र खुशी भएमात्र राष्ट्र सवल, स्वाभिमानी र आत्मनिर्भर रहन्छ भन्ने वीरेन्द्रको बुझाई भएजस्तै सरकार, राजनीतिकदल, जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी र जनताबीच नङ र मासुजस्तो व्यवहार गर्न पनि प्रतिष्ठान आग्रह गरेको छ ।
प्रतिष्ठानका कावा. अध्यक्ष बल बहादुर बस्यालले राजा बीरेन्द्रले नेपाललाई शान्ति क्षेत्र घोषणा गरियोस् भनी राखेको प्रस्तावलाई ११६ राष्ट्रले हस्ताक्षर गरेको कुरा औल्याउँदै उनले यसबाट पनि प्रष्ट हुन्छ राजा बीरेन्द्र नेपाल राष्ट्रप्रति कति समर्पित थिए भन्ने कुरालाई प्रट्याएको बताए ।
संघिय लोकतान्त्रिक शासन आए पनि नारायणहिटी हत्याकाण्डपछि मुलुक संकटमा फसेको बताउँदै उनले नेपालको राजनीतिक अवस्था सहि दिशा पत्ता लगाउन नसकेको तर्क गरे । राष्ट्रले सक्षम नेतृत्व नपाउँदा संकटमा फस्दै गएकोले स्थायी शान्ति र सद्भाव कायम राख्न राजा बीरेन्द्रको आवश्कता खड्किरहेको बताए ।
२०५८ साल जेष्ठ १९ गते नारायणहिटी हत्याकाण्डमा बीरेन्द्रको परिवारको बंश नास भएको थियो । राजा वीरेन्द्रको जन्म पुस १४ गते भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु