दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

लगनखेलमा आँखा, नाक, कान, घाटीको निशुल्क परीक्षण शिविर संचालनमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ जेष्ठ २० गते, सोमबार १७:२४

ललितपुर, २० ज्येष्ठ – लगनखेलमा आँखा, नाक, कान, घाटीको एक दिने निशुल्क स्वास्थ शिविर संचालनमा आएको छ । सोमबार आयोजित उक्त शिविर ललितपुर महानगरपालिका, जनस्वास्थ्य शाखा र ०५ नम्बर वडा कार्यालय वडा जनस्वास्थ्य कार्यान्वयन समितिको संयुक्त आयोजना र बिपी नेत्र प्रतिष्ठान, बाल आँखा, नाक, कान, घाटी अस्पताल तथा पुनर्स्थापना सेवाको सह आयोजनामा संचालनमा आएको हो । उपचारका लागि शिविरमा आएका बिरामीलाई निशुल्क रुपमा अौषधी र चश्मा वितरण गर्नुका साथै ७० बर्ष कटेका बृद्ध बृद्धालाई पौष्टिक आहार समेत वितरण गरिएको थियो ।

शिविरमा करिब १५० बृद्ध बृद्धा र अन्य उमेर समुहका केही ब्यक्तिले परिक्षण गराएको वडा जनस्वास्थ्य कार्यान्वयन समितिका अध्यक्ष शोभादेवी प्रधान श्रेष्ठले जानकारी गराएकी छिन् ।

बिशेष गरि ज्येष्ठ नागरिकको स्वास्थ अवस्थाको पहिचान गरि उनीहरुको स्वास्थमा सुधार ल्याउने हेतुले स्वास्थ कार्यक्रम अन्तर्गत उक्त शिविरको आयोजना गरिएको वडा अध्यक्ष विकासमान श्रेष्ठले जनाए ।

उक्त शिविरबाट सिफारिस भई आएका जटिल समस्या भएका बिरामीलाई लोकन्थली स्थित बाल आँखा, नाक, कान घाटी अस्पताल तथा पुनर्स्थापना सेवाबाट दिईने उपचार र औषधीमा सहुलियत उपलब्ध गराईने अस्पतालका इमेज प्रोमोसन अफिसर मनिष चित्रकारले जानकारी दिए । अस्पतालले विभिन्न स्थानमा प्रत्येक सोमबार आँखा, नाक, कान, घाटी सम्बन्धी शिविर संचालन गर्दै आएको उनले प्रष्ट पारे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु