काठमाडौँ जेसीजद्वारा पात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्नतेक्वान्दो टोली जापान जाँदैसमृद्ध मुलुक निर्माणमा इन्जिनीयरको महत्वपूर्ण भूमिका : उर्जामन्त्री खड्कानेपाली जनसम्पर्क समितिको पाँचौं अधिवेशन सफलतापूर्वक सम्पन्न पारस मणि मिश्र अध्यक्षमा निर्वाचित, राजदूतावास स्थापनामा पहल गर्ने निर्णयदक्षिण एसियाली युथ टेबलटेनिस बिहीबारदेखिजुडो टोली थाइल्यान्ड प्रस्थानसर्टफिल्म ‘पाउलो’ चीनको स्मलरीग अवार्डको नोमिनेशनमाआमाको मुख हेर्ने दिनलाई लक्षित गर्दै नेपाल हाउस बेकरीबाट विशेष केक अफरआयोजक एकेडेमी ६ स्वर्णसहित अगाडिएनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति

जेठ २९ गते काठमाडौंको नाचघरमा यलम्बर सांस्कृतिक कार्यक्रम–२०७६ आयोजना

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ जेष्ठ २० गते, सोमबार १९:२२

काठमाडौं, २० जेठ । किराती नव–साँस्कृतिक केन्द्रले यही जेठ २९ गते काठमाडौंको नाचघरमा यलम्बर सांस्कृतिक कार्यक्रम–२०७६ आयोजना गर्ने भएको छ ।

सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी गराएको हो । आयोजक संस्थाका संयोजक राकेश किरातीले किराती समूदायको महान चाड उभौली (साकेला) को अवसरमा उक्त सांस्कृतिक कार्यक्रम काठमाडौं जमलस्थित् नाचघरमा दिउँसो एक बजे आयोजना गर्न लागिएको जानकारी दिए ।
उक्त कार्यक्रममा यलम्बर सांस्कृतिक सम्मान नगद रु दुई लाख दश हजार राशिसहित बरिष्ठ कवि तथा गीतकार भूपाल राईलाई प्रदान गर्ने संगठनको निर्णयपनि आज सार्वजनिक गरिएको हो । त्यस्तै, किराती नव–सांस्कृतिक सम्मान नगद रु तीस हजार राशिसहित बरिष्ठ गायक कुवेर राईलाई र किराती नव–सांस्कृतिक प्रतिभा पुरस्कार नगद रु बीस हजार राशिसहित गायिका मेलिना राईलाई प्रदान गर्न लागिएको आयोजकले जनायो ।

उक्त सांस्कृतिक कार्यक्रममा शम्भु राई, सत्यकला राई, डक्टर किरात, रुप कुमार राई, सरला राई, कन्काईष्ट राई, कला राई, बेनुका राई, पार्वन राई, मिना राई, लीला राई, शिला राई, जानुका राई, दिपक वान्तवा राई, दीपेश राई, नरेन्द्र राई, नविन्द्र राई, निश्चल राई, मनिषा राईलगायतका कलाकारहरुको भव्य सांस्कृतिक प्रस्तुतिहरु पनि रहने पनि आयोजक संस्थाका सदस्य डक्टर किरातले जनाए ।
आजको पत्रकार सम्मेलनमा कन्काईष्ट राई, कला राई, पार्वन राईलगायतको उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु