नेपालटारमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा ,"पूर्व विद्यार्थी समाज" गठन गर्न विद्यालय प्राणङ्गमा बृहत भेलाको आयोजनाचलचित्र 'छक्कापञ्जा ५' को दोस्रो गीत सार्वजनिकचलचित्र ‘बेहुली फ्रम मेघौली’ को ट्रेलर सार्वजनिकप्रयास मञ्च नेपालद्वारा खेलकर्मी सम्मानितआज असोज ४ गते शुक्रबार यस्तो छ तपाईँको भाग्य, हेर्नुस् राशिफलआज संविधान दिवस : देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैरसियाको चलचित्र महोत्सवको पहिलो स्थानमा नेपालको सर्टफिल्म ‘द स्कुल वाल’गीतकार स्व. हरिप्रसाद रिमालको शतवार्षिकी मनाइयोनेपाली रोल्लर स्केट टिम थाईल्याण्ड प्रस्थानएपीसी नेपालको २५ औं वार्षिकोत्सवमा एनसेलद्वारा पेरिस पारालिम्पिक टोली सम्मानित

के धौलागिरीमा नया पर्यटकीय गन्तब्य ‘जिप लाइन’को आवश्यकता होला “

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ जेष्ठ २१ गते, मंगलवार ०९:४५

-सचिन्द्र श्रेष्ठ
धौलागिरीको प्रबेस द्वार पर्बत कुस्मा अहिले लामो र अग्लो पुलै पुलको सहर भनेर परिचित छ, साथ साथै धार्मीक तथा पर्यटकिय स्थानले नया नया संभावना,अवसर र गन्तब्य पाईरहेको अवगत नै छ।आतंरिक तथा बाह्य पर्यटकको अहिले निकैनै बाक्लो उपस्थिति देख्न सकिन्छ।
अहिले बिश्व पर्यटकीय नगरीमा नया सोच, जागर ,उद्देश्य र आर्थिक लाभ गर्न अरु भन्दा फरक खालका साहसिक खेलहरुको ब्यापक प्रतिस्पर्धा देख्न पाइन्छ।जसले गर्दा आतंरिक तथा बाह्य पर्यटकको घुईचो लाग्ने गर्दछ र राष्ट्रले मनघ्य आम्दानीका बाटाहरू पाउने गरेको छ।
यही फरक साहसिक खेलका बारेमा भनी रहदा पंक्तिकारले यूएईको रसेलखेमामा अवस्थित बिश्वकै लामो जिप लाइनलाई नजिक बाट करीब १३ महीना पहिले देखेको थियो।जहाँ स्वदेस र बिदेस बाट अत्यन्त पर्यटकहरु त्यस खेल को मज्जा लिन आएका थिए।जसलाई हेरी रहदा कता कता आफ्नै ठाउँमा पनि यस्तो एडभेंचर खेल बनाउन सके कति पर्यटक नेपालमा भित्राउन सकिने थियो भनेर सोची रहन्थ्यो। रसेलखेमामा रहेको त्यों जिप लाइन गिनिज वर्ल्ड रेकर्डमा समेत बिश्वकै लामो जिप लाइन भनेर चिनिन्छ। समुन्द्री सतह देखि १६८० मि. अग्लो र २.८ कि. मि(१.७४ माईल)लामो छ।
करीब २ बर्ष पहिले पोखरामा जीप फ्लायर भनेर अर्को साहसिक खेल गरी रहेको बेला केहि समय पहिले काभ्रे धुलिखेल नपा-८ थाकले डाडा देखि पाचखाल नपा- ५ खावा सम्म ११०० मि. लामो र १३०० मी.अग्लो जिप लाइन शुरू भई सकेको छ।
पर्बतलाई संघीय सरकारको पर्यटन मंत्रालय अन्तर्गत कुस्मा न पा ३ को दुर्लुङमा रहेको क्यानयोंङ र दक्षिण भेगको महाशिलालाई नया तथा बिकास गरिनु पर्ने पर्यटकीय स्थलको रुपमा अघि सारेको थियो।सोहि अनुरूप पंक्तिकारले पनि दुर्लुङ देखि बागलुङ नपा-१२ अमलाचौर बलेवामा रहेको भैरबस्थान सम्म जो समुन्द्री सतह देखि २२०८ मि. अग्लो जिप लाइन गराउन सके त्यहाँको आतंरिक तथा बाह्य पर्यटक आउन मद्दत पुग्ने र नया गन्तब्य पनि बन्न सक्ने थियो।
अहिले बागलुङ बलेवामा केबल कार सञ्चालन तथा बंजी जम्प ,साईक्लिंङ समेत बन्ने तयारी अन्तिम चरणमा छ । यसले गर्दा बागलुङ बलेवाको भैरबस्थानमा थप तीर्थालु दर्शन गर्न जाने क्रम बढ्दो छ। यसले गर्दा बागलुङ तथा पर्बतमा समेत पर्यटक भित्रिने सम्भावना बढी देखिने र यसलाई प्रदेश राज्य ,गैह्र सरकारी संघ संस्था तथा पर्यटन ब्यबसायी लागी परेर अगाडि बढ़न सके धौलागिरीले अझ नया नया गन्तब्य पाउने थियो र राज्य ,समाज ब्यक्तिलाई रोजगारका सिर्जना हुने आर्थिक उन्नतिमा सहयोग पुग्ने निश्चित छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु