तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

प्रि मनसुन सक्रिय हुँदा केही दिन काठमाडौं उपत्यका सहित देशभर हावाहुरीसहित वर्षाको सम्भावना

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ जेष्ठ २१ गते, मंगलवार १२:१२

काठमाडौं –‘प्रि मनसुन सक्रिय हुँदा अझै केही दिन काठमाडौँ उपत्यकासहित देशभर आंशिक तथा सामान्य वर्षाका साथै मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बङ्गालको खाडीबाट नेपालको पूर्वी क्षेत्र हुदै प्रवेश गरेको जलवाष्पयुक्त हावाको प्रभावका कारण केही दिन देशभर मौसम सुधार नहुने महाशाखाका मौसमविद् सुवास रिमालले बताए । उनका अनुसार अझै तीन÷चार दिन अपराह्न तथा साँझपख हावाहुरी र मेघगर्जनसहित वर्षा हुनेछ । तराई क्षेत्रमा भने यसको कुनै असर परेको छैन ।
जलवाष्पयुक्त हावा वायुमण्डलको माथिल्लो सतहमा रहेसम्म पानी पर्न थाल्छ तर हालसम्म यो प्रणाली शुरु भएको छैन । सामान्यतय नेपालमा मनसुन शुरु हुने समय जुन १० हो । यस वर्ष मनसुन एक साता ढिलो गरी शुरु हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गत वर्ष जुन ८ मा मनसुन शुरु भएको थियो । भरे राति देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशको पश्चिमी र मध्य भू–भागका केही स्थान तथा पूर्वी भागका थोरै स्थानमा हावाहुरी र मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मंगलबार देशभर आंशिक तथा सामान्य बदली हुनुका साथै पश्चिम पहाडी भागका केही स्थानमा र मध्य तथा पूर्वी भागका एक दुई स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको बताइएको छ । बुधबार पनि देशभर आंशिक तथा सामान्य बदली रही पश्चिमी पहाडी भागका केही स्थानमा हल्का तथा मध्यम वर्षा हुने अनुमान गरिएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार सोमबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १८ दशमलव शून्य डिग्री सेल्सियस र अधिकतम तापक्रम २९ दशमलव ८ डिग्री सेल्सियस छ । त्यस्तै सबैभन्दा धेरै धनगढीको अधिकतम तापक्रम ४१ दशमलव शून्य डिग्री सेल्सियस पुगेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु