कतारमा पहिलो पटक नेपाली व्यवसायीले दोहोरी साँझ संचालनमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २३ जेष्ठ २०७६, बिहीबार ०८:०३

दोहा / कतारमा पहिलो पटक नेपाली व्यवसायीले दोहोरी साँझ संचालनमा ल्याएका छन् । दोहाको ओल्ड सलाता स्थित बेस्ट वेस्टर्न होटलको १४ तल्लामा ५ जुनमा एनआरएनए मध्य पुर्वका उपसंयोजक समेत रहेका युवा व्यवसायी प्रबिन गुरुङले उक्त दोहोरी साँझ सँचालनमा ल्याइएका हुन । दोहोरी उद्घघाटन कार्यक्रममा नेपाली लगायत अन्य मुलुकका नागरिकहरुको उपस्थिती रहेको थियो। उक्त रेस्टुरेन्टको नाम एसियाना दोहोरी एण्ड गजल रेस्टुरेन्ट बार रहेको छ ।
करिब ४ लाख पचास हजारको हाराहारीमा कतारमा रहेका नेपालीहरुलाई नेपाली कला संस्कृती झल्किने गरि भरपुर मनोरञ्जन दिने उद्देस्यका साथ उक्त रेस्टुरेन्ट संचालनमा ल्याइएको सन्चालक गुरुङले बताए । नेपालको कला, संस्कृति एवम् पर्यटकीय स्थलहरु झल्काउनका लागि दोहोरी साँझमा थ्रीडी आर्ट समेत गरिएको छ।
सन्चालक गुरुङले भने –‘हामी व्यापार व्यबसायको शिलशिलामा यहाँ(कतारमा) छौं तर, हामीले आफ्नो जन्मभूमीलाई कहिल्यै पनि भुलेका छैनौं र भुल्दैनौं पनि । नेपाली कला र संस्कृतिलाई बिदेशमा समेत झल्काउन र प्रबर्दन गर्नका लागि दोहोरी साँझ सँचालन गरिएको हो ।’

रेस्टुरेन्टमा वान डे पेन्टिङ आर्ट एण्ड डेकोरले आर्ट एण्ड डेकोरको काम गरेको छ । दोहोरीको लागी नेपालबाटै दोहोरी गायक गायिका, गज़ल गायक गायिका, डान्सरहरु कतार आएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु