• रा बि संघ दुवारा प्रदेश न -२ लोकसेवा कार्यालय घेराउ

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २३ जेष्ठ २०७६, बिहीबार १७:०३

    महोत्तरी जलेश्वर , २३ जेठ । लोक सेवा आयोगले जारी गरेको विज्ञापन फिर्ता लिन माग गर्दै राष्ट्रिय जनता पार्टी नेपाल निकट राष्ट्रिय विद्यार्थी संघले महोत्तरीको जलेश्वरमा रहेको प्रदेश नम्बर २ को कार्यालय घेराउ गरेको छ ।

    लोकसेवा आयोगले आह्वान गरेको विज्ञापन समावेशी सिद्धान्त विपरीत रहेको भन्दै राजपा निकट राष्ट्रिय विद्यार्थी संघले सरकार र आयोग विरुद्ध नारावाजी गर्दै कार्यालय घेराउ गरेको राष्ट्रिय विद्यार्थी संघका महासचिव रंजित निस्पक्षले जनाए ।

    लोक सेवा आयोगले जारी गरेको विज्ञापन तत्काल खारेज गर्न संघका अध्यक्ष ज्ञानेन्द्र झा ज्ञानुले माग गरे । लोकसेवा आयोगले असमावेशी बिज्ञापन खारेज नगरे सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

    उक्त कार्यक्रममा रास्ट्रीय विद्यार्थी संघका नेता मनोज साह, दिनेश यादव, रोशन साह लगायतको उपस्थिति थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु