• ठमेल पर्यटन विकास परिषदको निर्वाचन नजिकिदै जादा ठमेलका ब्यवसायीमा चुनावी मैदानमा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २३ जेष्ठ २०७६, बिहीबार १८:३६

    काठमाडौं, २३ जेष्ठ – देशको प्रमुख पर्यटकिय क्षेत्र ठमेलको विकास र ठमेल क्षेत्रका पर्यटन ब्यवसायीहरुको हक र हितका निम्ती महत्वपूर्ण भूमिका खेल्ने साझा मंचका रुपमा रहेको ठमेल पर्यटन विकास परिषदको निर्वाचन नजिकिदै जादा ठमेलका ब्यवसायीमा चुनावी सरगर्मी बढेको छ । परिषदको आसन्न चुनावका लागि ब्यवसायीहरु प्यानल बनाएर मैदानमा उत्रिएका छन् । निर्वाचनको लागि अध्यक्षका प्रत्यासी अर्जुनलाल प्रधान ,समिर गुरूङ र प्रकाशनरसिंह राणा समुहको परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ।
    राणा समुह:
    राणा प्यानलमा क्रमशः उपाध्यक्षहरुमा भविश्वर शर्मा, राजुमान डंगोल, गिता गुरुङ, महासचिवमा धु्रब अधिकारी, सचिव दवाङग तामाङ, कोषाध्यक्ष रामकुमार थपलिया, सदस्यहरुमा कर्मा घले, राजेन्द्र दुलाल, केशव बस्नेत, राजन श्रेष्ठ, दिनेश श्रेष्ठ, स्वब्नील शर्मा, रुपेश गुरुङ, महेशराज कोईराला सहितले मनोनयन दर्ता गराएका हुन । प्रधान समुह:
    प्रधान समुहको प्यानल अन्र्तगत उपाध्यक्षहरुमा टासी गुरुङ, महेश महर्जन, पाल्साङ गुरुङ महासचिवमा सहदेब धमला, सचिवमा बद्री तिमिल्सिना, कोषाध्यक्षमा पुण्यराम लगेजु रहेका छन ।
    त्यसैगरी कार्यसमिती सदस्यहरुमा गोपाल गुरुङ, नरेन्द्र बहादुर श्रेष्ठ, रहेन्द्र प्रसाद प्रधान, बिनोद श्रेष्ठ, कुल्साङ दोर्जी लामा र राजन खरेल रहेका छन । गुरुङ समुह : उपाध्यक्षहरुमा गोविन्द पन्त, छिरिङ डोल्मा श्रेष्ठ, रत्नप्रसाद दुलाल, रहका छन् भने महासचिवमा नारायण खनाल त्यस्तै सचिवमा रामचन्द्र गिरी (बिल्ला) र कोषाध्यक्षमा रामशरण ढकाल लगायतले मनोनयन दर्ता गरेका हुन ।
    गुरुङ परिषद्को दोश्रो पटक नेतृत्वका लागि दावेदारीका साथ मैदानमा उत्रेका हुन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु