• भ्रष्टाचारीलाई कारवाही गनुपर्र्ने भन्दै जनमुक्तिले थाल्यो हस्ताक्षर अभियान

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २४ जेष्ठ २०७६, शुक्रबार ०६:४६

    काठमाडौं । भ्रष्टाचारविरुद्ध आवाज उठाउँँदै आएको राष्ट्रिय जनमुक्ति पार्टीले भ्रष्टाचारविरुद्ध हस्ताक्षर संकलन गरिरहेको छ ।
    १५ गते गणतन्त्र दिवसको अवसर पारेर राष्ट्रव्यापी भ्रष्टाचार विरोधी अभियान र हस्ताक्षर संकलन सफल सुरु गरेको पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख मेखराज परियारले बताउनुभयो । बिहीबार तनहुँको दमौलीमा गण्डकी प्रदेशद्धारा आयोजित एक दिवसीय भेला तथा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा पार्टीले आगामी दिनमा चाल्ने कदमका विषयमा जानकारी गराइएको थियो । पार्टी महासचिव केशव सूर्यवंशीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संघीय परिषद् उपाध्यक्ष हस्तबहादुर थापा, उपमहासचिव तथा प्रचार विभाग प्रमुख मेखराज परियार, संगठन विभाग उप प्रमुख केबी पुन लगायतले प्रशिक्षण दिनुभएको थियो ।
    प्रदेश अध्यक्ष मन्धरी आलेको सभापतित्वमा भएको कार्यक्रममा वक्ताहरुले भ्रष्टाचार नियन्त्रण गर्न सरकारले कडा कानुनी व्यवस्था गर्नुपर्नेमा जोड दिएका थिए । जनमुक्ति पार्टीले असारभर राजधानी काठमाडौं र जिल्लासम्म भ्रष्टाचार विरुद्ध हस्ताक्षर अभियान चलाउने जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु