वि.सं. २०७६ जेठ २४शुक्रबार हेर्नुस् के छ आजको राशिफल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २४ जेष्ठ २०७६, शुक्रबार ०७:००

वि.सं. २०७६ जेठ २४। शुक्रबार। इ.स. २०१९ जुन ७। ने.सं. ११३९ तछलाथ्व। ज्येष्ठ शुक्लपक्ष। चतुर्थी, ९ः३५ उप्रान्त पञ्चमी।
मेष – (चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
वोलिप्रभाव बढ्ने आफन्त हरुको सहयोगले कामहरु अगाढि बढने मित्रहरुले साथ दिने बौद्धिकताले अरुको विस्वास जित्न सफल हुने मनमा प्रसन्नता बढने योग छ।

बृष – (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )

आफ्नो प्रभावर राम्रो हुनुको साथै पराक्रमको तिब्रताले कामबन्ने र मन प्रसन्न हुने नयाँ कामको प्रस्ताव आउने योगछ घरेलु काममा रुचि बढने मित्रहरुले साथदिने योगछ।

मिथुन -( का, कि, कु, घ, ङ, छ, के, को, ह )
मनोवल बढ्नेहुदा आफ्नो प्रभाव अनुकूल हरने भेटघाटमा अरुको मन जित्न सफलभै आँटेको काम पुरा हुने योग ठूला व्यक्तिले सहयोग गर्ने योग सरिरमा स्फुर्ति बढने छ।

कर्कट – (हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
मनोवल वढ्ने खुसि वढ्ने योग शुभ समाचार काममाको बारेमा आउनाले मनमा प्रसन्नता र मनोबल बढने कूटनैतिक कार्यमा संलग्न हुने रमाइलो यात्राको योग ठूला व्यक्तिले प्रसम्सा गर्नेयोग छ।

सिंह – (मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
केहि आमदानिको अवसरहरु मिलेपनि विनाकारण खर्च विबाद अरुबाट आलोचना हुने योग मनमा चिन्ता काममा असफलता विस्वासमा धोक हुने नोकरीमा दुखद स्थानान्तरण हुने छ।

कन्या -( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
गरेका कामले वैदेशीक कार्यमा शुभ समाचार राजनितीमा सम्मान गरेका काममा सफलता अरुबाट प्रसम्सा धनलाभ बौध्दिक मार्गमा कूसलताको प्रयोगदेखिन्छ ।

तुला -( र, रि, रु, रे, रो, ता, ति, तु, ते )
आँटेको काममा रुचि रुचिका साथ अघिबढ्दा भाग्यले साथदिने कर्म वलियो भएको हुदा ठूला व्यक्तिले सन्तुष्ठभै सहयोग गर्दा काममा सुधार आउने शत्रु पराजय हुने मित्रहरुको सहयोग मिल्ने योग
छ।

बृश्चिक -( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
विहान स्वस्थ कम्जोर हुने भएकोले गरेको काममा सफलता पाउन असहजभै मनमा खिन्नता बढने योग भएपनि दिउसो भाग्य वलियो भएकोले अरुको विस्वासमा अघिबढ्दा सफल हुने भएकोले सकृय दिउसो हुनु राम्रो छ।

धनु – (ये, यो, भ, भि, भु, ध, फा, ढ, भ)
विहानै गरेका काममा केहि लाभ हुने वैदेशिक कार्यमा सफलता मिल्ने योग भएपनि दिउसो अशुभ समाचार यात्रामा संकट लेनदेनमा विबाद स्वास्थमा बाधा काममा अवरोध अरुबाट सहयोग नपाउने सरिरमा चोटपटक लाग्न सक्ने छ।

मकर – (भो, ज, जि, खि, खु, खे, खो, गा, गि )
व्यापारमा गरेको परिश्रमले कामबन्ने बैदेशिक कार्यमा लाभमिल्ने योग आफ्नु प्रयासमा अरुलाइ खुसि मिल्ने प्रेम जिवन विबाहमा उन्मुख भेटघाटमा अरुबाट प्रसम्सा पाउने योग छ।

कुम्भ – (गु, गे, गो, सा, सि, सु, से, सो, द )
विहान वौद्धिक कार्यमा केहि लाभ मिलेपनि दिउसो परिश्रम गरेर पनि काममा सफलता पाउनगारो शत्रु बृध्दिका साथै अस्वस्थ हुने योग मित्रले साथ नदिने पढाइमा सफलता नमिल्नुको साथै सामाजिक कार्यमा आलोचना हुने योग छ।

मीन -( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
बौध्दिकता बढनाले काममा र पढाइमा सुधार आउने अरुले सहयोग गर्ने वैदेशिक कार्यामा गरेका प्रयास सफल हुने विस्वास गरेकाले साथ दिने सोचे जस्तै सफलता मिल्ने योग छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु