दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

बिद्यार्थीका लागि महिला चेम्बरको आत्म सुरक्षा तालिम योग तथा मनोपरामर्श कार्यक्रम

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ जेष्ठ २४ गते, शुक्रबार १८:३२

ललितपुर, २४ ज्येस्ठ- नेपाल महिला चेम्बरले पूल्चोक स्थित मदन स्मारक उमाविका बिद्यार्थीलाई लक्षित गरि आत्म रक्षा तालिम योग तथा मनो परामर्श कार्यक्रमको आयोजना गर्ने भएको छ । कार्यक्रम ज्येस्ठ २५ गतेबाट शुरु हुदैछ । यसै माझ
ज्येस्ठ २४ गते शुक्रवार कार्यक्रमको उदघाटन गरिएको छ । मदन स्मारक बिद्यालय प्राङ्णमा आयोजित एक कार्यक्रम माझ पूर्व मन्त्री तथा साम्सद पम्फा भुसालले कार्यक्रमको उद्घाटन गरिन । ततपस्चात कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पूर्व मन्त्री भुसालले बिकाससँगसगै सामाजिक सुरक्षामा चुनौती थपिदै गएको औंल्याउदै अपराध र हिँसालाई न्यूनिकरण गर्न आत्म सुरक्षा, योग र मनो परामर्श कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा यस्ता जीवन उपयोगी कार्यक्रममार्फत समाजमा शान्तिसुरक्षा कायम राख्न सरोकारवालाहरु एकजुट हुनुपर्ने बताईन ।

पूर्व मन्त्री सुशिला नेपालले आत्म सुरक्षा, योग र मनो परामर्शले किशोर किशोरीको मनोबल उच्च राख्न सहयोग पुग्ने हुँदा यसबाट उनीहरुको शारिरिक एबम मानसिक स्वास्थको अवस्थामा टेवा पुग्ने विश्वास ब्यक्त गरिन् ।

नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठले महिला हिँसाको घटनालाई न्यूनिकरण गर्न शिक्षाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउदै महिला चेम्बरले किशोर किशोरीलाई लक्षित गरि शिक्षाप्रद कार्यक्रमको स्वरुपमा एकै साथ आत्म सुरक्षा, योग र मनो परामर्श कार्यक्रमको आयोजना गरेको बता ईन ।

कार्यक्रममा मदन स्मारक उमाविका सहायक प्राध्नाध्यापक मन्जु श्री प्रधान, नेपाल हाप्कीडो संघका अध्यक्ष एनिप महर्जन, महासचिव महेश बज्राचार्य, पतन्जलि योग पिठका योग गुरु शारदा रिमाल, मनोविद् कृपा सिग्देल, नेपाल महिला चेम्बरका उपाध्यक्ष अम्बिका शर्मा, सचिव लिमा अधिकारी, शिक्षा समिती संयोजक प्रा डा. सुश्मा आचार्य, सदस्य प्रिथबिन्दु महर्जन लगायतले मन्तब्य धारणा राखेका थिए ।
कार्यक्रममा करिब १५० बालबालिकाको ऊपस्थिती रहेको थियो भने हाप्कीडो संघले मिलिटरी मिक्स मार्शल आर्टस प्रदर्शनी गरेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु