काठमाडौँ, २४ जेठ – ठमेल पर्यटन विकास परिषदको महासचिव पदमा उम्मेदवारी घोषणा गरेका युवा पर्यटन व्यवसायी ध्रुव अधिकारीले ठमेललाई पर्यटकको निर्विकल्प गन्तव्य बनाउन अ ाफूले सक्दो प्रयास गर्ने बताएका छन् । आगामी २ वर्षे कार्यकालका शनिबार हुन गईरहेको निर्वाचनमा अधिकारीले महासचिव पदमा उम्मेदारी मनोनयन गराएका छन् ।
विगत २ दशक भन्दा बढी समयदेखि ठमेलको पर्यटन विकासमा सक्रिय अधिकारीले सुन्दर र व्यवस्थित ठमेल निर्माणका लागि आफु उम्मेदवार बनेको समेत बताए ।
‘ठमेललाई स्वदेशी तथा विदेशी पर्यटकहरुको निर्विकल्प गन्तव्यका रुपमा स्थापित गराउन मैले परिषदको चुनावमा महासचिवमा उम्मेदवारी दिएको हुँ’, अधिकारीले भने ।
उनले ठमेलसँग आफ्नो नङ र मासुको जस्तै सम्बन्ध रहेको पनि बताए । अधिकारीले ठमेलमा भिआईपी पब सहित स्पा,लगायतका आधा दर्जन भन्दा बढी क्षेत्रमा लगानी गरेका छन् ।
उनले ठमेलको गरिमा बढाउन आफुलाई मतदान गर्न आग्रह पनि गरे । शनिबार हुने निर्वाचनमा ठमेल क्षेत्रका करिब ८ सय व्यवसायीले मतदान गर्दैछन् ।
नयाँ नेतृत्वका लागि ३ वटा प्यानल चुनावी मैदानमा उत्रिएका छन् ।अधिकारी प्रकाश नरसिंह साणको प्यानलबाट उठ्दै छन् ।