नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ काठमाडौमा  महेश कुँवरको नेतृत्वविकास शिल्ड उपाधि पुरुषतर्फ सशस्त्र प्रहरी बल एपीएफ र महिलातर्फ सुदुरपश्चिम प्रदेशलाईमधेशी एकता समाजको होली समारोह धुमधाम र भव्यताका साथ दुबईमा सम्पन्नHONOR Wins 45 Media Awards at MWC 2024नयाँ गठबन्धन निर्माणसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन जना मन्त्री नियुक्तनेपाल मेडिकल कलेजमा श्रवण सम्बन्धी निःशुल्क स्वास्थ्य जाँचलक्ष्मी ग्रुपका अध्यक्ष श्रेष्ठलाई ‘कर्पोरेट लाइफटाइम अचिभमेन्ट अवार्ड’, को हुन् उनी ?राष्ट्रिय सभाका निर्वाचित १९ सदस्यले आज शपथग्रहण गर्दैविकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिपः सुदुरपश्चिम र लुम्बीनी फाइनलमा प्रवेशतपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

चलचित्र कलाकार संघको अध्यक्ष पदमा रविन्द्र खड्का विजयी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ जेष्ठ २६ गते, आईतवार ०७:१०

जेठ२६,काठमाडौं। नेपाल चलचित्र कलाकार संघको निर्वाचनमा ख्यातिप्राप्त अग्रज अभिनेता रविन्द्र खड्काको जित भएको छ। अभिनेता खड्काले कुल खसेको ३ सय ८७ मतमध्ये २ सय १८ मत प्राप्त गरेर अध्यक्ष पदमा शानदार जित हासिल गरेको हो। अध्यक्ष खड्काको प्रतिस्पर्धी अभिनेत्री सरिता लामिछानेले १ सय ६१ मत प्राप्त गरेकी थिइन्। अध्यक्ष खड्का र लामिछानेको मतान्तरण ५७ रहेको छ।
उपाध्यक्ष पदमा रेजिना उप्रेतीले सर्वाधिक मत २ सय ४३ मत ल्याएर विजयी बनेकी छन्। अर्को उपाध्यक्ष पदमा रविन्द्र खड्का प्यानल वाहिरका पुराना अभिनेता तथा नेपालका प्रथम जादूगर सानु कुमार ताम्राकार विजयी बनेका छन्। सानु कुमार ताम्राकारले १ सय ७५ मत ल्याएर विजयी भएका थिए।
महासचिव पदमा चेतबहादुर सिंहले १ सय ८७ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिस्पर्धी उम्मेदवार संजय खतिवडाले १ सय ५६ मत ल्याएका थिए। सचिव पदमा पनाहा अधिकारीले १ सय ९४ मत ल्याएर विजयी हासिल गर्दै गर्दा उनको प्रतिस्पर्धी उम्मेदवार कविता गेलालले १ सय ६९ मत ल्याइन्।
सह–कोषाध्यक्ष पदमा पवित्रा आचार्यले २ सय २० मत ल्याएर विजयी भइन्। उनको प्रतिस्पर्धी उम्मेदवार धन बहादुर बम्जनले १३३ मत ल्याएका थिए। सदस्यहरु सवै रविन्द्र खड्का प्यानलकै जित भएका छन्। (समचार भिजन संसार डट कम बाट)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु