• ओलम्पिकको छनौट खेलमा राज्यको उदासिन। खेलाडीले आफ्नै खर्चमा सहभागी हुन सक्छ-प्रशिक्षक धुर्ब बिक्रम मल्ल

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २६ जेष्ठ २०७६, आईतवार ११:४५

    डिएन घिसिङ

    गृस्मकालिन ओलम्पिक सन २०२०को टोकियोमा कराते खेल सहभागी हुने भएपछि विश्वभर कराते खेलाडीहरुमा सरगर्मी बडेको छ। नेपालमा समेत यो अछुतो हुने कुरै भएन, साग र एसियाली गेम्शमा समेत बेला बेलामा बलियो उपस्थितिले कराते खेलको महत्व नेपाली खेलकुद बृतमा चर्चा योग्य छ।दुई कराते महासंघको रास्ट्रिय र अन्तरास्ट्रिय मान्यताको बिचमा एकीकरणको माहोलले समेत रास्ट्रीय खेलाडीहरु मार पर्ने सम्भावना बढेकोले खेलाडीहरुले चिन्ता ब्यक्त गरेका छन। कराते खेलको बिस्तार अहोरत्र स्वमसेबकको रूपमा खटिरहेका प्रभावशाली प्रशिक्षक धुर्ब बिक्रम मल्ल भन्नूहुन्छ “विश्व कराते महासंघ (WKF) को छनौट चरण पार गरेका खेलाडीले मात्र आउदो टोकियो ओलम्पिक खेलमा सहभागी हुन पाउने प्राबधान छ। आउदो जुलाई १७ देखि २२ सम्म उज्बेकिस्थानमा हुने १६औ एसियन सिनियर कराते प्रतियोगितामा जसरी खेलाडी सहभागी गराउनु पर्ने हुन्छ , उक्त प्रतियोगिता २०२० जापानमा हुने ओलम्पिकलाई मध्यनजर गरि बरियता (Ranking) खेल पनि हो सो प्रतियोगितामा पदक प्राप्त वा ५० भित्र बरियता स्तर बनाउन सक्ने खेलाडीले २०२० को ओलम्पिक खेलमा देशको प्रतिनिधित्व गर्न पाउने छ ।
    एसियन कराते महासंघ ( AKF) को निर्बाचन हुने कार्यक्रम रहेको हुदा नेपाली करातेहरुको अवसर पनि रहेको जानकारहरु बताउछन। यस अगी कराते महासंघ तदर्थ कमिटिको सिंहदरबार स्थित खेलकुद मन्त्रालयमा भएको बैठकले गरेका निर्णय र अवसरलाई सदुपयोग गर्नु पर्नेकुरामा सम्बन्धित सरोकार वाला उदासिन रहेको कुरा खेलकुद वृतमा चर्चा हुने गरेको छ। प्रशिक्षक धुर्ब बिक्रम मल्ल भन्नू हुन्छ “रास्ट्रिय र अन्तरास्ट्रिय मान्यताका अध्यक्ष र तदर्थ कमिटिको अध्यक्षबाट सम्बन्धित ठाउमा कुनै पहलकदमी अन्तिम दर्ता मिति मे १२ सम्म कुनै पहल हुन् नसकेको र अन्तिम अबस्थामा देशको प्रतिनिधित्व गर्न बालाजु करातेडो प्रतिष्ठान मार्फत र्याकिङ्ग आउन सक्ने खेलाडीहरुलाई आफ्नै खर्चमा सहभागी गराउने प्रयासमा छु।”
    प्रशिक्षक धुर्ब बिक्रम मल्लले १७औ एसियाली खेलकुद प्रतियोगितामा समेत आफ्नै खर्चमा खेलाडीलाई सहभागी गराएर मुलुकको लागि काश्य पदक भित्र्याएका थिए।
    सम्बन्धित निकायले समयमै ब्यबस्थापन गर्न सके नेपाली खेलकुदको श्रीबृद्दी हुनेमा कुनै शंका का छैन।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु