नवीन सम्मानितचाँदबागको दुवै टोली क्वाटरफाइनलमापिस प्वाइन्ट कप शुक्रबारदेखिलोयल्टी र काभ्या क्वाटरफाइनलमाप्रथम चावहिल ‘जुत्ताचप्पल व्यापार मेलामा भिड बढ्दो, उद्योगीद्वारा उपभोक्तालाइ सिधै छुटको आकर्षणमध्यपहाडी लोकमार्ग निर्माणमा ढिलाइबारे बाबुरामले गरे प्रमुखसँगै कुरामहामन्त्री थापाको प्रस्ताव ः सुशासनलाई मुलमन्त्र बनाई जनताका मुद्दासँग निरन्तर जोडिनेछौंआज फाल्गुण ९ गते बुधबार : कस्तो छ तपाईंको आजको दिन ? हेर्नुस् राशिफलमेयर कप राष्ट्रिय फुलकन्ट्याक्ट कराते प्रतियोगिता २०८० सम्पन्नसिद्ध गुफामा डा. उपाध्यायको पुस्तक लोकार्पणसँगै एल्वम विमोचन

फेसियल हाउसको आयोजनामा हेयर सेमिनार

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ जेष्ठ २६ गते, आईतवार १२:३२

काठमाडौं, २६ ज्येस्ठ – फेसियल हाउसले एक दिने हेयर सेमिनारको आयोजना गरेको छ । शनिवार सिटीसी मलमा आयोजित उक्त सेमिनारमा करिब ५० जना ब्यूटीसियन एबम् हेयर डिजाईनरहरुले सहभागिता जनाएका थिए । सो अवसरमा मायाज ब्यूटी पार्लरकी प्रबन्ध संचालक समेत रहेकी ख्यातिप्राप्त ब्यूटीसियन तथा हेयर डिज़ाइनर गीता गिरीले हेयर स्टाईल मास्टर क्लास सम्बन्धी बिशेष कक्षा संचालन गरेकी थिईन । सेमिनारमा संचालित हेयर स्टाईल मास्टर क्लास अन्तर्गत ७ विधा समेटिएको थियो । जसमा फ्लावर, मेसी लङ हेयर, हेभी ब्राईडल, क्रेजी, क्रिम्पिङ, स्टिक र क्रिम्पिङ स्टाईल रहेका थिए । सेमिनारको अन्त्यमा सहभागीहरुलाई सहभागिताको प्रमाण पत्र समेत वितरण गरिएको थियो ।

ब्यूटीसियन तथा हेयर डिज़ाइनरलाई हेयर स्टाईल सम्बन्धी एडभान्स सिप उपलब्ध गराउने उदेश्यका साथ सेमिनारको आयोजना गरिएको फेसियल हाउसकी प्रबन्ध निर्देशक सुश्मा महराले बताईन ।

लिटिल च्याम्प पिञ्जुलाई फेसियल हाउसको सम्मान

त्यसै गरि फेसियल हाउसले मिस्टर एण्ड मिस लिटिल च्याम्प २०१९ कि विजेता ९ बर्शिया बालिका पिञ्जु बुढा मगरको सफलताको कदर गर्दै सम्मान गर्‍यो । शनिवार सिटीसी मलमा आयोजित सेमिनार कार्यक्रम माझ फेसियल हाउसले पिञ्जुले ताज जितेको खुसियालीमा केक काटेको थियो । फेसियल हाउसकी प्रबन्ध निर्देशक सुश्मा महराले बाल प्रतिभालाई प्रोत्साहन गर्ने उदेश्यका साथ सम्मान स्वरुप कार्यक्रम राखिएको बताईन ।

कलाकारितामा विशेष रुची भएकी प्रतिभाशाली बालकलाकार पिन्जुले गत शनिवार मात्रै मिस्टर एण्ड मिस लिटिल च्याम्पको उपाधी जितेकी थिईन । प्रशुन संगीत विद्यालयले आयोजना गरेको सो प्रतियोगितामा उपाधीका लागि २५ जनाले प्रतिष्पर्धा गरेका थिए ।बालअधिकार बारे सोधिएको प्रश्नमा सही र सटिक जवाफ दिएर पिन्जु विजेता बनेकी हुन् ।लिटिल मिस च्याम्पको उपाधी सहित उनले वेष्ट क्याटवाक अवार्ड पनि जितेकी थिइन् । पिञ्जु हाल पानीपोखरी स्थित भानुभक्त मेमोरियल विधालयमा कक्षा चारमा अध्ययनरत रहेकी छिन् । पिञ्जुले सानै उमेर देखी निर्त्य र अभिनयमा बिशेष रुचि राख्ने गरेको उनकी आमा प्रगती महराले बताईन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु