लिटिल च्याम्प पिञ्जुलाई फेसियल हाउसको सम्मान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ जेष्ठ २६ गते, आईतवार २१:३७

काठमाडौं, २६ ज्येस्ठ फेसियल हाउसले मिस्टर एण्ड मिस लिटिल च्याम्प २०१९ कि विजेता ९ बर्शिया बालिका पिञ्जु बुढा मगरको सफलताको कदर गर्दै सम्मान गरेको छ । शनिवार सिटीसी मलमा आयोजित सेमिनार कार्यक्रम माझ फेसियल हाउसले पिञ्जुले ताज जितेको खुसियालीमा केक काटेको थियो । फेसियल हाउसकी प्रबन्ध निर्देशक सुश्मा महराले बाल प्रतिभालाई प्रोत्साहन गर्ने उदेश्यका साथ सम्मान स्वरुप कार्यक्रम राखिएको बताईन ।

कलाकारितामा विशेष रुची भएकी प्रतिभाशाली बालकलाकार पिन्जुले गत शनिवार मात्रै मिस्टर एण्ड मिस लिटिल च्याम्पको उपाधी जितेकी थिईन । प्रशुन संगीत विद्यालयले आयोजना गरेको सो प्रतियोगितामा उपाधीका लागि २५ जनाले प्रतिष्पर्धा गरेका थिए ।बालअधिकार बारे सोधिएको प्रश्नमा सही र सटिक जवाफ दिएर पिन्जु विजेता बनेकी हुन् ।लिटिल मिस च्याम्पको उपाधी सहित उनले वेष्ट क्याटवाक अवार्ड पनि जितेकी थिइन् । पिञ्जु हाल पानीपोखरी स्थित भानुभक्त मेमोरियल विधालयमा कक्षा चारमा अध्ययनरत रहेकी छिन् । पिञ्जुले सानै उमेर देखी निर्त्य र अभिनयमा बिशेष रुचि राख्ने गरेको उनकी आमा प्रगती महराले बताईन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु