• नेशनल भिजन मिडिया ग्रुपका अध्यक्ष एवं पत्रकार सागर श्रेष्ठलाई मातृशोक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २६ जेष्ठ २०७६, आईतवार २२:१८

    २६जेठ काठमाडौ ।
    पत्रकार सागर श्रेष्ठलाई मातृशोक परेको छ । श्रेष्ठ नेशनल भिजन मिडिया ग्रुपका अध्यक्ष एवं न्यूज अभियान डटकमका सञ्चारकर्मी हुनुहुन्छ ।
    लामो समयदेखि उपचारका क्रममा रहनु भएकी माता ललिमाया श्रेष्ठको ८६ बर्षको उमरेमा किष्ट हस्पिटलमा आज निधन भएको हो ।
    उहाँका ५ छोरा बोजराज श्रेष्ठ, भोजराज श्रेष्ठ, तानबहादुर श्रेष्ठ, टिकाबहादुर श्रेष्ठ र सागर श्रेष्ठ हुनुहुन्छ ।

    उहाँको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । श्रद्धाञ्जली अर्पण गर्न मोहन बैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका कार्यकर्ताको उपस्थिति रहेको थियो ।
    जेठा छोरा बोजराज श्रेष्ठ मोहन बैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका जिल्ला सदस्य हुन् । पशुपति आर्यघाटमा अन्तिम संस्कारका लागि पत्रकार, शुभचिन्तक, आफन्त लगायतको बाक्लो उपस्थिति छ ।

    दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै यस दुखद घडीमा शोकसन्तप्त परिवारप्रति न्युज लाइन्स मिडिया नेटवर्क प्राा.लि. परिवारले हार्दिक समबेदना प्रकट गर्दछ

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु