सारेगमप लिटिल च्याम्प’मा प्रितम आचार्य तेस्रो / आयुष केसी चौंथो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २७ जेष्ठ २०७६, सोमबार १५:३९

भारतको चर्चित टेलिभिजन रियालिटी शो हो ‘सारेगमपा लिटल च्याम्प्स’ । यस वर्षको बालगायन रियालिटी शो ‘सारेगमपा लिटल च्याम्प्स’को संस्करणमा नेपालका आयुष केसी र प्रितम आचार्यले पनि सहभागीता जनाएका थिए । २० हजारभन्दा बढि प्रतिभाहरूलाई उछिन्दै नेपालका आयुष केसी र प्रितम आचार्य सारेगमपा लिटल च्याम्प्सको फाइनल (टप ६) मा पर्न सफल भएका थिए भने हिजो आइतबार कार्यक्रमको ग्राण्ड फिनाले भएको थियो । शो ‘सारेगमप लिटिल च्याम्प’मा प्रितम आचार्य तेस्रो भए भने आयुष केसी चौंथो भएका छन् । शोमा दुवैले जजहरुबाट राम्रो प्रतिक्रिया पाउदै आइरहेका थिए भने नेपाली तथा भारतीय दर्शकको मन जितेका थिए । अन्त्यमा दुवैले सफलता प्राप्त गरेका छन् । आयुष केसी सोमबार विहान स्वदेश फर्किएका छन्।उनलाई त्रिभुवन विमानस्थलमा उनका आफन्तले भव्य स्वागत गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु