हाँस्य टेलिश्रृङ्खला कुरी कुरीको शुभ–मुहर्त सम्पन्न, हाँसो र व्यङ्ग्य मार्फत सन्देश प्रवाह गरिने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २८ जेष्ठ २०७६, मंगलवार १९:४६

सन्तोष बजगाई, काठमाण्डौं । हाँसो, व्यङ्ग्य र सन्देशको माध्ययमबाट समाजमा रहेका विकृतिहरुको विरुद्ध बोल्न निर्माण गर्न लागिएको हाँस्य टेलिश्रृङ्खला कुरी कुरीको जेठ २८ गते शुभ–मुहर्त गरिएको छ ।

कोठे प्रोडक्सनकोे ब्यानरमा निर्माण हुन लागेको उक्त हाँस्य टेलिश्रृङ्खलाको ललितपुरमा आयोजित एक विशेष समारोहका विच शुभ–मुहर्त गरिएको हो र छिट्टै सुटिङ सुरु गरिने बताईएको छ ।

करन साउदको सभापतित्व तथा चलचित्र निर्देशक लक्षु गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा राजेश पुमा राई, विनोद बस्नेत, अग्रज कलाकार लक्षुमण चौलागाँई लगायत अतिथिहरुको उपस्थिती रहेको थियो भने कार्यक्रम सञ्चालन रेडियोकर्मी तथा पत्रकार सन्तोष बजगाईले गरेका थिए ।

छिट्टै सुटिङको तयारीमा रहेको यस टेलिश्रृङ्खलाको छायांकनमा सुन्दर मगर, गीत/सङ्गीत बिनोद बस्नेत र बबिना किराती एवं कार्यकारी निर्माता सुमन मगर र कृष्ण श्रेष्ठ रहेका छन् । यस्तै लेखन निर्देशनमा नेत्र बिक्रम खड्का र बि कुमार गहतराज रहेका छन् भने यस टेलिश्रृङ्खलालाई निर्देशन करण साउदले गर्नेछन ।

उक्त शुभमुहर्त कार्यक्रममा आफ्नो मन्तव्य राख्ने क्रममा सुरेन्द्र विक्रम सिलवालले हाँस्य टेलिश्रृङ्खलाले शारिरिक तथा वौदिक अपाङ्गता भएका व्यक्ति, कमजोर तथा अशिक्षीत र जँडीया तथा फटाहाहरुको रुपमा उनिहरुको अवस्थालाई देखाउने नभई फरक तरिकाले प्रस्तुत हुनुपर्नेमा जोड दिएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु