• वि.सं. २०७६ जेठ २९ बुधबार हेर्नुस् आजको राशिफल

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २९ जेष्ठ २०७६, बुधबार ०७:५७

    वि.सं. २०७६ जेठ २९। बुधबार। इ.स. २०१९ जुन १२। ने.सं. ११३९ तछलाथ्व। ज्येष्ठ शुक्लपक्ष। दशमी, १९ः२७ उप्रान्त एकादशी।
    मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    परिश्रम गरेर पनि गरेका काम असफलभै मन चिन्तित हुनेछ । शत्रु सकृय हुने आफ्नो मनोबल घट्ने समयमा निर्णय नहुदा काम नबन्ने योगछ।
    बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

    बौध्दिक कार्यमा मित्रहरुको सहयोग मिल्नेछ परिवार बाट उचित सहयोग पाउने र आफुले गरेका प्रायसले ठूलै लाभ उठाउन सकिने छ पढाइमा सफल हुने भएकोले सकृय हुनु होला ।
    मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
    अरुले कामको प्रसम्सा गर्ने भएकोले मनोबल बढ्नेछ मित्रको सहयोगमा नयाँकाम प्राप्त गरि धनलाभ हुन सक्नेछ भेट घाटमा मन प्रसन्नहुनेछ अरुको मन सजिलैजित्न सकिनेछ।
    कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    पराक्रम बढने अधुरा काम बन्ने तथा नयाँकाम पाउने योग भएकोले महत्वपूर्ण काम विहानै गर्नुहोला घरेलु काममा रुचि र खुसि बढने मित्रले साथ दिने परिवारले सघाउने भएकोले सकृय हुनुहोला।
    सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    शुभ समाचार सुन्न पाइनेछ बोलिको प्रभाव राम्रो भयकोले ठूला व्यक्तिको साथ अन्तरकृया गरेर लाभ हासिल गर्न सकिने छ अरुले आफ्नुलागि विविध कार्यमा सहयोग पुर्याउने भएकोले सकृय हुनु होला।
    कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    महत्वपूर्ण भेटघाटले मनोवल बढने काममा सुधारआउने र मनमाखुसि बढने योग विस्वासमा ठूला व्यक्तिको साथपाएर अघिबढने अवसर मिल्ने भएकोले महत्वपूर्ण काम गर्नुहोला।
    तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
    गलत विचार बढनाले सोचेको काममा असफलभै धन नासहुने अरुको विस्वास आफुमा राख्न नसकिने भएकोले महत्व पूर्ण काम नगर्नुहोला खर्च बढने विबाद बढने काममा अवरोध आउने भएकोले सजग हुनुराम्रो ।

    बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
    पुराना अप्ठ्यारा हरुको सामाधनको समयहो राज्यबाट बास्तविकता वुझेर सहयोग हुने समयहो आँटेका काममा सफलता मिल्नेछ विस्वास अरुको जित्न सकिनेछ धन आर्जनपनि राम्रै हुनेछ धैर्य गर्नु उचित हुनेछ ।
    धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

    धार्मिक र सामाजिक कार्यमा लागेर प्रसन्नता र खुसि बढने योगछ आँटेको काममा सफलता पाउनाले मनोबल बढ्नेछ मान सम्मान मिल्नेछ अरुको विस्वास जित्न सकिनेछ ।
    मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    भाग्यले साथ दिदा काममा सफलभै मनोवल बढ्ने छ सानै प्रयासमा ठूलै काम सफल हुने देखिन्छ कुरा काट्नेहरु निस्तेज हुने भएकोले अघि बढन सकिनेछ ।
    कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

    अनायास स्वास्थ विग्रनाले मन खिन्नहुने छ गरेकाम सजिलै पार लाग्नेछैनन प्रेममा खुसि मिल्नेछैन आर्थिक कठिनाइले समस्या हुनेछ लेन देन गरेमा अवरोध आउने छ।
    मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

    विहानै विदेशीयका मित्रको सम्झनाले आनन्द मिल्नेछ व्यापार र वैदेशिक कार्यवाट धन लाभपनि मनग्य हुनेछ यात्रा गर्ने अवसर मिल्नेछ देशको प्रतिनिधित्व गर्ने विदेश जाने अवसर पनि मिल्नेछ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु