दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सुदूरपश्चिमका विभिन्न ठाउँमा मेघगर्जन र हुरीबतास सहित वर्षा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ जेष्ठ २९ गते, बुधबार ११:०८

काठमाडौँ– सुदूरपश्चिमका विभिन्न ठाउँमा मेघगर्जन र हुरीबतास सहित वर्षा भएको छ । काठमाण्डौसहित मध्य र पूर्वको मौसम भने आंशिक बदली भएको छ ।

पश्चिमबाट प्रवेश गरेको मौसमी प्रणालीको असरले बुधबार बिहान दार्चुला, डडेलधुरा, कञ्चनपुर, धनगढी, दिपायल लगायत सुदुरपश्चिमका धेरै ठाउँमा मेघगर्जन र हुरीबतास सहित पानी परेकोे मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले पश्चिममा पानी पारेको प्रणाली मध्य क्षेत्र हुँदै पूर्व सर्नेछ ।

तर मध्य क्षेत्रमा आइपुग्दा नै कमजोर हुने भएकाले काठमाण्डौ उपत्यकासहित मध्य र पूर्वका एक दुई ठाउँमा मात्र बेलुकीतिर पानी पर्ने सम्भावना रहेको उहाँको भनाइ छ । पश्चिमको मौसम पनि बिस्तारै खुल्ने मौसमविद् पौडेलले बनाउनुभयो ।

अझै पनि नेपालमा मनसुन प्रवेश नगरेकाले कुनै ठाउँमा पानी परे पनि नजिकै अर्को ठाउँमा पानी नपर्ने उहाँले जानकारी दिनुभएको छ । सामान्यतया जुन १० मा नेपालमा मनसुन भित्रनुपर्ने भए पनि यसवर्ष अझै केही दिन ढिलो हुने मौसमविद्ले बताएका छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु