• लायन्स क्लब अफ बर्कली अन्नपूर्णद्धारा रासकोट अस्पतालका लागि सहयोग आव्हान

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २९ जेष्ठ २०७६, बुधबार २०:०८

    काठमाडौं – अमेरिका स्थित लायन्स क्लब अफ बर्कली अन्नपूर्णले रासकोट अस्पताल निर्माणका लागि सहयोग आव्हान गरेको छ । क्लबले ‘हामी सेवा गर्छौ’ भन्ने लायन्स इन्टरनेसनलको पवित्र सिद्धान्त बोक्दै लायन्स क्लब अफ बर्क्ली अन्नपूर्णले समाजमा महत्वपूर्ण मानवीय योगदान पुर्याउदै आएको र यसै क्रममा नेपालको अति पिछडिएको र बिपन्न क्षेत्रलाई सहयोग पुर्याउने उद्देश्यले सामाजिक अभियन्ता तथा पत्रकार रवि लामिछानेले एक स्मार्ट हस्पिटलको अवधारणा ल्याएको र जसको विश्वभर स्वागत गरिएको छ उल्लेख गरेको छ ।

    ‘नेपालको अति बिकट कर्णाली प्रदेश कालिकोटवासी नेपाली दाजुभाई दिदीबैनीहरुले स्वास्थ्य उपचारको अभावमा अकालमा ज्यान गुमाउने र दीर्घरोगी भई जीवन नै बर्बाद भएर दुख कष्टले आर्तनाद गरिरहेका प्रिय नेपाली दाजुभाई दिदीबहिनीहरुको चहराईरहेको घाउमा अलिकति भने पनि मलम लगाउने पवित्र उद्देश्यले सुप्रसिद्ध अन्तरराष्ट्रिय पत्रकार देशभक्त रवी लामिछानेले कालिकोट जिल्लाको रासकोटमा सुविधा सम्पन्न स्मार्ट हस्पिटल बनाउने महापरियोजना हामी नेपाली मात्रको एक गौरव हो भन्न सकिन्छ’, क्लबले जारी गरेको विज्ञप्तिमा छ ।

     

    विज्ञप्तिमा झन्डै दश करोडको लागतमा बन्ने उक्त महत्वकांक्षी परियोजना निकै ठूलो रहेको र त्यस क्षेत्रका बिपन्न जनताको एक महत्वपूर्ण संख्याले यो अस्पतालबाट लाभ लिन सक्ने हुनाले संसारका बिभिन्न क्षेत्रबाट सहयोग रकम जुट्दै गरेको अवस्थामा आफुहरुले पनि सहयोग गर्नु दायित्व भएको उल्लेख छ ।

    ‘लायन्स इन्टरन्यास्नल डिस्ट्रिक्ट द्धऋघ को छातामुनि बिगत २००६ देखि बिबिध कार्य गर्दै जस्तैः रक्तदान, भूकम्पपीडित सहयोग तथा धुर्मुस सुन्तलीले निर्माण गरेको मुसहर बस्तीलगायतको निर्माणमा सहयोग पुर्याउने हजुरहरु सम्पूर्णलाई हार्दिक आभार व्यक्त गर्दछौँ । लायन्स क्लब अफ बर्क्ली अन्नपूर्णले बे एरियामा सक्रिय अन्य नेपाली लायन्स क्लबहरु ्समेतको सहयोगमा क्लबले उक्त स्मार्ट अस्पताल परियोजनालाई पनि होस्टेमा हैँसे गर्ने निर्णय गरेको छ । तसर्थ सामाजिक अभियन्ता तथा पत्रकार रवि लामेछानेको नेतृत्वमा उक्त परियोजनालाई सहयोग पुर्याउन आर्थिक संकलन सुरु गर्न यस क्लबका पास्ट प्रेसिडेन्ट रामचन्द्र ढकालको संयोजकत्वमा समिति समेत बनिसकेको हुनाले यस पवित्र कार्यलाई सहयोग पुर्याउन आदरणीयय दाजुभाई तथा दिदीबहिनिहरुलाई सादर अनुरोध गर्दछौँ’, विज्ञप्तिमा उल्लेख छ ।

    क्लबले सम्पर्कको तथा थप जानकारीको लागि निम्न व्यक्तिहरुसँग सम्र्पक गर्न सकिने जनाएको छ :

    संयोजक

    पास्ट प्रेसिडेन्ट लाईन रामचन्द्र ढकाल

    फोन स् ५१० ४९९ ९०५३

    मनिल बाबु श्रेष्ठ

    पास्ट प्रेसिडेन्ट रज्योन चेर

    ५१०६२१८४०६

    मनी नेपाली पनेरु

    पास्ट प्रेसिडेन्टर ज्योन चेर

    ५१०३२३६८०२

    गोविन्द शाही

    प्रेसिडेन्ट इलेक्ट

    ५१०२०७६९३५

    भवदिय

    लायन विन्दु सापकोटा

    ४०८७८४५०५१

    अध्यक्ष

    लायस्न क्लब अफ बर्क्ली अन्नपूर्ण

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु