• विपन्न तथा एकल महिलाहरुलाई कृषी सामग्री वितरण

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २९ जेष्ठ २०७६, बुधबार २०:१४

    काठमाडौं । महिला मुक्ति तथा सचेतना समाज रसुवाको आयोजना तथा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय , महिला तथा बालबालिका विभागको सहयोगमा राष्ट्रपती महिला उत्थान जिविकोपार्जन सुधार कार्यक्रम अन्तर्गत रसुवा जिल्लाको नौकुण्ड गाउँपालिका वडा नं ५ सरमथलीका ३० जना अति विपन्न तथा एकल महिलाहरुलाई नौकुण्ड गाउँपालिकाका उप प्रमुख सिर्जना लामा , सोही वडाका वाडाध्यक्ष शुक्रमान पाख्रिीन लगायत सहजीकरण समितिका सदस्यहरुको उपस्थितिमा प्रत्येक जनालाई एक समारोहका विच सत्रहजार बराबरको कृषी सामाग्री वितरण गरेको छ ।

    महिलाहरुलाई सामग्री वितरण गर्नु अघि जेष्ठ १० गते देखि १४ गते सम्म तरकारी खेती तथा वितरित हुने सामग्रीहरुको उपयोगिता सम्बन्धी तालिम प्रधान गरेको थियो । वितरण गरिएको सामग्रीहरुमा टनेल प्लाष्टीक, पाइप,हजारी,प्रिङ कल , थोपा सिञ्चाई , पम्प,टनेल फित्ता, कैची, प्राङ्गारीक मल , सुतली डोरी , सेतो प्लाष्टीक,ड्रम , कोको फिट , नर्सरी ट्रेका साथ साथै सात प्रकारका विउविजनहरुको वितरण गरिएको थियो । पहिला तालिम र यस पश्चात वितराण गरिएको सामग्रीबाट तरकारी खेती गर्न सहज वातातरणको सिर्जना हुने हुँदा महिलाहरुको जीबनमा उल्लेख्य सुधार हुने अपेक्षा आफुले राखेको उप प्रमुख लामाले बताए । यस अघि विभिन्न संधसंस्थाले तालिम दिएता पनि सामग्री वितरण नहुँदा तालिममा सिकेको कुराहरुको व्यवहारत लागु गर्न नपाइने समस्या रहेकोमा अहिले तालिमको साथसाथै सामग्री पाएकोले व्यवाहरत लागु गरी व्यवसायी वन्न र आफ्नो जीवन स्तर परिवर्तन गर्नमा उत्प्रेरित गरेको अति विपन्न महिला बुधमाया थिङले बताईन ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु