गायिका विद्या तिवारी र गायक सुमन केसीको “झुम्का” बोलको गीत सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ जेष्ठ ३१ गते, शुक्रबार ०९:१७

काठमाडौं । लोकप्रिय गायिका विद्या तिवारी र गायक सुमन केसीको “झुम्का” बोलको गीत सार्वजनिक भएको छ । अम्बिका गौतमको शब्द रहेको उक्त गीतमा वसन्त सापकोटाको संगीत रहेको छ भने उदयराज पौडेलले एरेन्ज रहेको छ । माया प्रेमका भाव समावेश गरिएको उक्त गीतमा एक प्रेमिकाले प्रेमीसँग गरेको माग र त्यसलाई पूरा गर्न प्रेमीले दिएको वाचालाई समेटिएको छ । पुष्प खड्का र एलिशा शर्माको अभिनय रहेको उक्त गीतको भिडियो मनोज पौडेलले छायाँकन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु