
काठमाडौं । गायिका अन्जु पन्तको “स्विट एण्ड लभ्ली” बोलको गीत सार्बजनिक भएको छ । हेज्नल एम.डि.को शब्द तथा संगीत रहेको उक्त गीतमा संजय हमालको एरेंज रहेको छ । धेरै माया पिरतीका गीतहरु गाउने गायिका अन्जु पन्तको उक्त गीत फरक शैलीको रहेको छ । उक्त गीतमा मायालुको खोजीमा रहेको भाव समावेश गरिएको छ । एन्डीशा खड्काको अभिनय रहेको उक्त गीतको भिडियो रबिन्द्र बरालले छायाँकन गरेका हुन् । गीतको भिडियोमा एन्डीशा खड्कालाई नृत्य गर्दै देख्न सकिन्छ ।


