नवीन सम्मानितचाँदबागको दुवै टोली क्वाटरफाइनलमापिस प्वाइन्ट कप शुक्रबारदेखिलोयल्टी र काभ्या क्वाटरफाइनलमाप्रथम चावहिल ‘जुत्ताचप्पल व्यापार मेलामा भिड बढ्दो, उद्योगीद्वारा उपभोक्तालाइ सिधै छुटको आकर्षणमध्यपहाडी लोकमार्ग निर्माणमा ढिलाइबारे बाबुरामले गरे प्रमुखसँगै कुरामहामन्त्री थापाको प्रस्ताव ः सुशासनलाई मुलमन्त्र बनाई जनताका मुद्दासँग निरन्तर जोडिनेछौंआज फाल्गुण ९ गते बुधबार : कस्तो छ तपाईंको आजको दिन ? हेर्नुस् राशिफलमेयर कप राष्ट्रिय फुलकन्ट्याक्ट कराते प्रतियोगिता २०८० सम्पन्नसिद्ध गुफामा डा. उपाध्यायको पुस्तक लोकार्पणसँगै एल्वम विमोचन

गुठीलाई मास्ने काम गरेको भन्दै नेपाली कांग्रेस (विपी) आपत्ति

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ जेष्ठ ३१ गते, शुक्रबार १६:५४

काठमाडौं । नेपाली कांग्रेस (विपी) ले गुठी विधेयकको विरोध गरेको छ । सरकारले संसद सचिवालयमा दर्ता गरेको विधेयकले गुठीलाई मास्ने काम गरेको भन्दै उसले आपत्ति जनाएको छ ।
आज एक विज्ञप्ति प्रकाशित गरी पार्टीले सरकारलाई तत्काल विधेयक फिर्ता लिन र गुठी बचाउनसमेत माग गरेको छ । पार्टी महामन्त्री सुशीलमान शेरचनद्धारा प्रकाशित विज्ञप्तिमा गुठी र गुठियारलाई राज्यले कुनै सहयोग नगरेको अवस्थामा पनि उनीहरु आफ्नै ढंगले चल्दै र चलाउँदै आएकामा गुठीलाई प्राधिकरण मातहत राख्ने निर्णयले गुठीको मर्ममाथि प्रहार गरेको जनाइएको छ । संसदबाट पारित भएर विधेयक लागू भएमा बौद्ध धर्मका गुम्बाहरुका अधिनमा रहेका चल अचल सम्पत्ति, मुस्लिम समुदायका मस्जिदमा सरकारको नियन्त्रण हुने भन्दै पार्टीले विधेयकको विरोध गरेको छ ।
उसले सो संस्थाहरुमा राजनीतिक प्रभाव पारी नेकपा कार्यकर्ताको नियन्त्रमा जाने खतरा समेत औल्याएको छ । पार्टीका नेता तथा कार्यकर्ताले आज काठमाडौंमा विरोध ¥यालीसमेत निकालेका छन् । नेपालका संस्कृति, जात्रा तथा पर्व हेर्न विदेशबाट धेरै पर्यटकहरु आउने गरेकाले गुठीसम्बन्धी नयाँ व्यवस्थाले बैदेशिक मुद्रासमेत नआउने पार्टीको ठहर छ । निजी गुठीलाई सरकारी बनाउँदा संरक्षण कसले गर्छ भन्ने प्रश्नसमेत उठाइएको छ ।
गुठीसम्बन्धी विधेयकको विरोधमा गत आइतबार माइतिघरमा शान्तिपूर्ण आन्दोलनमा सहभागी भएका प्रदर्शनकारीको रिहाई गर्नसमेत सरकारसँग माग गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु