तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

आइतबार काठमाडौं जिल्लाका सबै निजी विद्यालय बन्द हुने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ जेष्ठ ३२ गते, शनिबार १०:३८

काठमाडौं, ३२ जेठ । आइतबार काठमाडौं जिल्लाका सबै निजी विद्यालय बन्द हुने भएका छन् ।

निजी विद्यालयहरुको छाता संगठन एन प्याब्सन काठमाडौंका सहसचिव, एनप्याव्सन गोकेर्णेश्वर नगर कमिटीका अध्यक्ष एवम् बौद्ध पिपलबोटमा अवस्थित कान्तिपुर एकेडेमी हाईस्कुलका प्रिन्सिपल बालुकुमार गुरुङको असामयिक निधनका कारण काठमाडौंका सम्पूर्ण निजी विद्यालय बन्द हुने भएका हुन् ।

प्याब्सन काठमाडौं र एन प्याब्सन काठमाडौंले संयुक्त रुपमा विज्ञप्ति जारी गरी आइतबार काठमाडौं भरका सम्पूर्ण निजी विद्यालय बन्द हुने जनाएका हुन् ।

उनीहरुले संयुक्त निर्णय कार्यान्वयन गर्न सबै विद्यालयहरुलाई अपिल समेत गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु