
काठमाडौं।
लोकदोहोरी क्षेत्रका सफल सर्जक वसन्त थापाको नयाँ गीत ‘उडायो पात हुरीले’सार्वजनिक भएको छ।
बसन्त थापाले सार्वजनिक गरिएको गीतमा वसन्त थापा र मेलिना राइको स्वर रहेको छ। नवराज पन्तको शब्द रहेको गीतमा थापाकै संगीत रहेको छ। गीतको एरेन्ज आशीष अविरलले गरेका छन्। गीतमा सुनिल क्षेत्रीको र एलिसा शर्माको अभिनय देख्न सकिन्छ भने निर्देशन तथा कोरियोग्राफी सुनिल क्षेत्रीले गरेका छन्। गीतलाई ज्ञानेन्द्र शर्मा हुमागाईले खिचेका हुन् भने विकास ज्ञवालीको सम्पादन गरेका छन्।


