दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

वि.सं. २०७६ असार १ गते आइतबार हेर्नुस् के छ त?आजको राशिफल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ असार १ गते, आईतवार ७:०३

मेष – (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

श्रम परे पनि लगनशीलताले विशेष उपलब्धि दिलाउनेछ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। पुरुषार्थी काम गर्दै लाभ उठाउन सकिनेछ। मिहिनेत गर्दा उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। काम सम्पादन नभए पनि दिगो योजना बन्नेछ।

बृष – (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

बिहान रमाइलो देखिए पनि दिउँसोतिर अस्वस्थताले काममा जुट्न नसकिएला। साथ दिनेहरू नहुँदा दुःख पाइनेछ। बाध्यताले अप्ठ्यारो पार्न सक्छ। सामान्य काममा धन र श्रम समेत खर्च हुनेछ। गोपनीयता भंग हुनाले समस्यामा परिनेछ।

मिथुन – (का, कि, कु, घ, ङ, छ, के, को, ह)

विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। दिन मनोरञ्जनपूर्ण र उत्साहवर्द्धक रहनेछ। व्यापार बढ्नेछ भने रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ। धन तथा ज्ञानको भण्डार बढ्नेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ।

कर्कट – (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

बिहानको समय उपलब्धिमूलक रहनेछ। दिउँसो भने सानोतिनो समस्याले अल्झाउन सक्छ। वैधानिक प्रावधानले समस्या निम्त्याउने हुँदा अधिकारका लागि जुट्नुपर्नेछ। सानातिना काममै अल्झनुपर्दा लक्ष्यमा पुग्न बाधा पर्नेछ।

सिंह – (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

बिहानको काम सन्तोषजनक देखिए पनि दिउँसोतिर अलमल बढ्नेछ। अध्ययनमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्ला। अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्।

कन्या – (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आस लागेको काम बिग्रिए पनि मेहनत गर्दा पछिलाई फाइदा हुनेछ। हतारमा निर्णय नलिनुहोला। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। परिवारजन जुट्नाले जीवनशैलीमा परिवर्तन आउनेछ।

तुला –( र, रि, रु, रे, रो, ता, ति, तु, ते)

बिहानै उठ्नुपर्ने रकम हातलागी हुनेछ। तर दिउँसो भने फजुल खर्च बढ्नाले अर्थ अभाव देखापर्नेछ। अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि परिनेछ। शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दुःख पाइनेछ।

बृश्चिक – (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

विभिन्न अवसर प्राप्त हुनुका साथै सफलताको यश प्राप्त गर्ने समय छ। अध्ययनमा प्रगति हुनेछ भने बुद्धिको उपयोगले लक्ष्यमा पुर्याउनेछ। आम्दानीका नयाँ स्रोत फेला पार्न सकिनेछ। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ।

धनु – (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

अरूका लागि बुद्धि र समय खर्चनुपर्ला। तापनि, लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। दिन मनोरञ्जनपूर्ण र उत्साहवर्द्धक रहनेछ। लगनशीलताले नयाँनयाँ काम गर्ने अवसरसमेत दिलाउनेछ। साथीभाइको सहयोगले हौसला प्रदान गर्नेछ।

मकर – (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

समयमा होस नपुग्नाले आफ्नाबाटै टाढिनुपर्ने स्थिति आउन सक्छ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने हुन सक्छ। भैपरी आउने खर्च बढे पनि यात्राको प्रक्रिया अघि बढाउन सकिनेछ। फाइदा नगण्य उठे पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ।

कुम्भ –( गु, गे, गो, सा, सि, सु, से, सो, द)

प्रयत्न गर्दा व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ। दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ।

मीन – (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

अरूको प्रभावमा परिने हुँदा गोपनीयता भंग हुन सक्छ। आफ्ना कमजोरी भरसक सार्वजनिक नगर्नुहोला। तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ। गुमेको स्थान प्राप्त हुनाले आफ्नो वर्चस्व बढ्नेछ। विशेष भेटघाटले काममा उत्साह बढाउला।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु