पोखरा, । अमेरिकाको ओक्लाहामा राज्यस्थित ह्याप्पी वल्र्ड फाउण्डेशनद्वारा आयोजित ग्लोबल एम्बासेडर्स लिडरसिप ईन्स्टिच्युटको विश्वमा रहेका बिकास विरोधी समस्याहरुका लागि काम गर्न सिकाउने हेतुले संचालित कार्यक्रम मार्फत नेपालबाट ११ जना विद्यार्थी सम्मानित भएका छन् ।
सम्मानित विद्यार्थीहरु मध्ये ३.९५ भन्दा बढी गे्रड प्राप्त गरि विगत लामो समयदेखि महिलाहरुको मासिक रक्तश्राव,महिनावारीको क्षेत्रमा काम गरिरहेका नेपाली प्याडम्यान अश्विन कार्की पनि एक सम्मानित विद्यार्थी हुन् । पोखराको छोरेपाटन स्थित गेट भोकेसनल ट्रेनिङ,फ्याब स्कुलमा आयोजित उक्त कार्यक्रमको उद्घाटन गर्दै सामाजिक बिकास मन्त्रालय गण्डकी प्रदेशका सचिब दिर्घनारायण पौडेलले देश बिकासका लागि युवाहरु जागरुप हुनुपर्नेमा जोड दिनुभयो ।कार्यक्रममा विद्यार्थी अश्विन कार्की, प्रशंसा केसी, रन्जु मैनाली, श्रीचन्द्र जयसवाल, अुनुपमा पुरी, सन्जु गौतम, पार्वती अधिकारी, अनु पोखरेल, कविता थापा, मुना ठकुरी र श्रेया पाण्डे लगायतका विद्यार्थीहरु दिक्षित भएका छन् । कार्यक्रममा बोल्दै ग्लोबल एम्बासेडर्स लिडरसिप ईन्स्टिच्युटका सहजकर्ता एंव ह्याप्पी वल्र्ड फाउण्डेसनका एसिया डिरेक्टर सुनिल फुयालले आफ्नो कामप्रति लगनशिल रहने टोली पाएकोमा खुसी व्यक्त गर्नुभयो ।उहाँले आगामी सत्रका लागि सोही टोलीबाट अश्विन कार्की र रुकुम जिल्लामा रहेको अपहरण विवाह रोक्नका लागि काम गरिरहेकी प्रशंसा केसीलाई प्रबन्धक सहयोगीका रुपमा चयन गर्नुभयो । उक्त कार्यक्रमको समापन गर्दै गेट भोकेसनल ट्रेनिङ, फ्याब स्कुलका प्रबन्धक विवेक पौडेलले सम्पुर्ण विद्यार्थीहरुलाई बधाई दिदैं आगामी दिनमा आफ्नो कामलाई निरन्तरता दिदैं समाज सुधारकालागि सधैं तत्पर रहन समेत आग्रह गर्नुभयो ।