चिनको छेन्दु नगरपालिकाद्धारा काठमाडौं महानगरपालिकालाई २ वटा ब्रुमर हस्तान्तरण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ असार १ गते, आईतवार २१:३४

किसोर सेढाई ।
असार १, काठमाडौं । चिनको छेन्दु नगरपालिकाले काठमाडौं महानगरपालिकालाई आज २ वटा सडकको धुलो सफा गर्ने ब्रुमर हस्तान्तरण गरेको छ ।
आज राजधानीको राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रमबिच चिनको चीनको छेन्दु नगरपालिका को डेपुटी मेयर नियो कुइङ्ग बायोले ब्रुमरको साँचो काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यलाई हस्तातरण गर्नु भयो ।
सो अघि भएको औपचारिक कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपमेयर हरि प्रभा खडगी श्रेष्ठले छेन्दु नगरपालिकाका उप मेयर तथा चिनियाँ प्रतिनिधि मण्डललाई स्वागत मन्तव्यद्धारा स्वागत गर्नु भएको थियो ।
यसै उदघाटन सत्रको कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौंस्थित चिन दूतावासका डेपुटी चिफ मिसन याङ्ग सिचायोले काठमाडौं महानगरपालिकाको वातावरणलार्य लिएर आफु चिन्तित रहेको र काठमाडौं महानगरपालिकालाई डसमाण्डोबाट जोगाउन यसको पुर्वाधार विकासमा जोड दिनु पर्ने बताउनु भयो ।
यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै छेन्दु नगरपालिकाका उप मेयर नियो कुइङ्ग बायोले चीन र नेपाल वर्षो देखिका असल छिमेकी रहेको र छेन्दु शहर र काठमाडौं शहर दुवैबिच भगिनी सम्बन्ध रहेकाले आफनो शहरले महानगरको वातावराण्लाई टेवा पुगोस भन्ने उद्येश्यले यी ब्रुमर प्रदान गरेको बताउनु भयो ।
उदघाटन कार्यक्रम सत्रको बिट मार्दै काठमाडौं महानगरपालिकाका प्रमुख बिद्या सुन्दर शाक्यले गत वर्ष नेपालका प्रधानमन्त्री के.पी .शर्मा ओली चीन भ्रमणमा जाँदा आफु पनि सरिक भएको र चीनका लागि नेपालका राजदूत लीलामणि पौडेलको मध्यस्ततामा छेन्दु शहरका प्रमुखसंग भेट भएको र तेही समयमा भएको भेटघाटमा छेन्दु शहरको प्रतिबद्धता अनुरुप यी ब्रुमरहरु प्राप्त भएको बताउँदै नेपालसंग चीनको कृटनीति सम्बन्छ सन १९५५ देखि भए पनि परापुर्व कालदेखिनै चीन नेपालको असल छिमेकी रहेका बताउनु भयो ।

त्यसैगरी ब्रुमर हस्तान्तरण पछि भएको सांस्कृतिक कार्यक्रममा चीनको छेन्दु शहरबाट आएका कलाकार र नेपालका कलाकारहरुले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
चीनका कलाकारहरुले विभिन्न नृत्यसंगै गायन प्रस्तुत गरेका थिए भने नेपालका कलाकारहरुले तामाङ्ग सेलो, नेवारी मारुनी ,झयाउरे र महाकाली नृत्य प्रस्तुत गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु