दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

परिवर्तन कस्तो र कस्का लागि (शम्भु गजुरेल)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ असार २ गते, सोमबार १३:१०

केही मुट्ठी भर पुजिपती हरुले अनगिन्ती कमदार तप्काको पसिना लाई लगभग सित्तैमा शोषण गरेर संचित गरेको अथाह पुजि को आडमा स्वेच्छाचारी राज्यव्यवस्था संचालन गर्ने प्राचीन सामन्त देखि मध्य युगिन सम्राट हरुको अत्याचार को बेदना अभिव्यक्त हुन नसकेको समाजमा माहान बिचारक कार्लमाक्स र फ्रेडरिक एङ्गेल्स को द्वन्द्वात्मक भौतिक वाद मा मुछिएर बनाएको काल्पनिक साम्यवाद को चुचुरो पुग्ने होडबाजी चलाइदियो विश्व राजनितिमा।
भोका र शोषण को मारमा निमिट्यान्न हुन लागेका कामदार बर्ग मा आशा को अंकुरण गरायो समाजवाद पछिको साम्यवाद को सुनौलो समाजको कल्पनाले द्रवीभूत गरायो सवैलाइ!
केही तिव्र सोचन शक्ति भएका र कठोर मनोवृती ले भरिपुर्ण शासकीय मनोकांक्षा ले ओतप्रोत लेनिन अनि स्टालिन जस्ता नेता हरुले जनताको भावना लाई क्रान्तिकारी शृङारको जामा पहिराएर सुन्दर र छेकवार बिहिन, भेदभाव रहित,समान र सह अस्तित्व को मानविय समाजको परिकल्पना को समाजवाद को अतर ले औसे गरेर सुनाइएको साम्यवाद को पुराण ले रुसका नदिहरु मा मानव रक्त हरुको बाढी चल्यो, जसका निमित भनेर मुक्ति क्रान्ती गरिएको थियो त्यो वर्गको एक पुस्ता को बिनाश भयो, त्यस पछि का पुस्ता हरुले न त पुर्ण शान्ती पाएको देखिन्छ, बरु भुखमरी ले बेलाबखत छटपटाएको देखिन्छ!
शासक बर्गको अन्त्य भएको पाइदैन पुराना जार हरु समाप्त भए पनि नया जार हरुको हाली मुहाली छ।
व्यक्ति गत पुजीवाद बाट समाजवाद अनि साम्यवाद का निमित्त भएको क्रान्ती पुजिवाद को बाटो छोड्ने बितिकै को आर्थिक दुर्घटना बाट पुजीवादी राज्य हुँदै पुन पुजीवादी समाज तर्फ अवतरण भै सकेको छ।

विभिन्न वाद हरुको ठूलो हाटबजार लागेको नागमणी जस्तो देश नेपाल आगन्तुक फिरन्ते हरुले राजा बन्ने परिपाटी बाट एकीकृत र बिगठन हुँदै १९ औ शताब्दी को शुरूवात मा पारिवारिक सामन्तवाद को पिपल जरो बनेको राजसंस्था ले सम्पुर्ण रुपमा मानव समाज लाई रैती को रुपमा हेर्ने गर्थ्यो र यो देशका आदिवासी हरु उनिहरुको निगाहा ले बाच्न पाएका हुन भन्ने प्रमाणित गर्न खोजी रहन्थ्यो!आफू र धर्मान्तरण गरेको नै भएपनी आफ्ना बंशज लाई हिन्दु हरुको देवताको मुख्य रुप विस्णु सग बराबरी मा राखेर देव भागको भोजन गर्ने गर्दथ्यो! भरदार हरुको छिनाझप्टी र चाकडी ले सधै असुरक्षित हुने राजदरबार मोजमस्ती ऐयासी को लागि कुख्यात बनेको भन्ने कुरा हरु विभिन्न काल खण्डका ऐतिहासिक दस्तावेज ले प्रमाणित गरेका छन! दुधे वालक अनि पागल मानिस हरु गद्दी मा राखेर कयौ पटक राज्य चलाउने प्रयास भएको पाइन्छ! दरबार भित्रको हवस र यौन व्यभिचार का कारण कोतपर्व जस्ता बर्बर नरसंहार भएका पाइन्छन, बाहिरी रुपमा राजनैतिक परिवर्तन झै लागे पनि शक्ति को होडबाजी को दोधारे तरवारको धारमा नेपाल र नेपाली लाई तेस बेलाका राजा र राणाले राखेका थिए! राजा जनमुखी भएको भए सदैव मदिरा राणाको अनि ज्वाइँ राणाको ससुरा राणाको किन हुन्थे?

समय को चक्र र समाज परिवर्तन को निमित्त जन्मने नया शासक का उमेदवार हरुको चहल पहल विभिन्न रुपमा बढ्दै गयो, कसैले समाजवाद सम्मको पुच्छर समाते कसैले साम्यवाद सम्मको कम्पट समाते अनि मौका हेरेर कहिले कसैको पाउ छोए कहिले कसैको गोडा धोए, परदेशी को पिढिमा बसेर आफ्नो घरमा अग्नि गोला फ्याकिरहे!
झण्डा अनेक रंङ्ग का थिए तर ती झण्डामा लपेटिएका विध्वंस का सामान हरु अर्जुन गिताका उपदेश को भजन बनाएर रामराज्यको कल्पना बेचेर बिदेशी चौर मा उरालिदै थियो,
उता मता हाती झै बिचरण गर्न नपाएको शाही दरवार खटाएको मदिरा खोजिदिएको सुन्दरी मात्रको भरमा तृप्त भएको थिएन , जसको परिणाम स्वरुप स्वाधिन र देशप्रेमी भनिएका शाही राजदण्ड गद्दी को खातिर हैदरा हाउस मा लम्पसार परिदिन्छ!

शान्तिका परेवा उडाउने ढवाङ्ग फुक्ने चारतारे वाला काङ्ग्रेस ले पटक पटक हतियार बोकेको छ , लुटेको छ अपहरण गरेको छ!
राजदरबार बाट निस्केको रक्त नदिले बागमती रातो भएको छ!
राता झण्डा मा समाजबाद र साम्यवाद को अलौकिक सुन्दर स्वर्ग बेच्न आएका धुर्त हरुको मानसपटलमा थुप्रीएका बिकार हरुले अघोषित रुपमा एक पुस्ता लाइ नशामा चुर्लुम्म डुबाइ सकेको छ, जनताको मुक्ती का निमित्त भन्दै हत्या हिंसा लुटपाट नरसंहार का अनेक कुकृत्य लाई जायज हो भनेर प्रमाणित गर्न जमर्को गर्ने आधुनिक नेपालका इदि अमिन हरु को पछाडि अन्ध भक्ती गरेर आँखा बन्द गर्दै हिड्ने हनुमान प्रवृति को बिकास ले रुमल्याएको छ!

समग्रमा सत्ता प्राप्ति को निमित्त अपनाइएको असोभनिय अमानवीय कार्यको निरन्तरता कयौ सताव्दीदेखि चली आएको छ, जतिसुकै प्रयत्न गरेपनी यो क्रम रोकिने अवस्था देखिदैन, समय फेरिएको छ पात्र फेरिएका छन प्रवृति उस्तै छ
नेपाली मनोदशा उस्तै छ।

शम्भु गजुरेल
नुवाकोट

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु