तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

कतार भिषा सेन्टरले कतारमा रहेका नेपाली संघ संस्थाका प्रतिनिधि क्युभिसिका बारेमा जानकारी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ असार ३ गते, मंगलवार १३:२८

काठमाडौं, ३ असार । कतार भिषा सेन्टरले सोमबार कतारमा रहेका नेपाली संघ संस्थाका प्रतिनिधि ,नेपाली ब्याबसायी, मेनपावर एजेन्सी लगाएतलाई बोलायर भर्खरै नेपालमा सन्चालन गरिएको क्युभिसिका बारेमा बिस्तृत जानकारी गराएको छ। उक्त कार्यक्रममा क्युभिसि कतारका प्रमुख मेजर अब्दुल्ला खालिफा अल मोहन्नदी मानव शंसोधन मन्त्रालय कतारका मानव शंसोधन प्रमुख मोहम्मद अलि,क्युभिसिका विभिन्न पदाधिकारी,गृह मन्त्रालय कतारका उच्च पदाधिकारीलगायले क्युभिसिका बारेमा जानकारी गराएका थिए।

कार्यक्रममा कतारका पुराना ब्याबसायी एबम एनआरएनएका उपाध्यक्ष डा देवकाजी डंगोल,नेपाल कम्युनिस्ट पार्टी कतारका अध्यक्ष चानक पोखरेल,एनआरएनए कतारका अध्यक्ष नबिन पोखरेल,रास्ट्रीय मानवअधिकार आयोग कतारका नेपाल प्रतिनिधी एबं बैदेशिक रोजगार बिज्ञ प्रो रमाजान अलि मिया,अन्तरास्ट्रिय मुस्लिम संघ कतारका अध्यक्ष मोहम्मद मुक्तदा, एनआरएनए कतारका उपाध्यक्ष तेज कटुवाल, एनआरएनए कतारका महासचिब बुधवल गुरुङ, एनआरएनए कतारका युवा संयोजक माया केसीलगायत नेपाली ब्यावसायी,विभिन्न मेनपावर कम्पनीका पिआरओ र मेनेजरलगायत को उपस्थिती रहेको थियो।

काठमाडौंमा कतार भिसा सेन्टर शुरु, कतार रोजगारीमा जान सम्पूर्ण प्रक्रिया अब नेपालबाटै

कार्यक्रममा क्युभिसि कतारका प्रमुख मेजर अब्दुल्ला खालिफा अल मोहन्नदीले क्युभिसिका बारेमा जानकारी गराउदै क्युभिसि कतार सरकारको आफ्नै प्रोजेक्ट भएको बताए। उनले क्युभिसि सबै देशमा संचालनमा ल्याईने जनाउदै नेपालमा पनि शुरु भएको र केही दिनमै यस्को अपरेसन पनि सुरु गरिने बताए। उनले क्युभिसिबाट दुवै देशलाई फाईदै फाईदा हुने दावी गरे। उनले क्युभिसिमार्फत कतार आउदा नेपाली कामदारले एक रुपैया पनि तिर्न नपर्ने बताउदै लन्ज सुल्क तुरुन्तै भिषा चाहिने पर्यटकहरुको लागी मात्रै भएको बताए। कामदारको नेपालमा गरिने मेडिकल,बायोमेट्रिक,श्रम सम्झौता, ओरेन्टेसनलगायत दुई घन्टामा सकिने र यसको लागी कतारकै कामदार माग गर्ने कम्पनीले क्युभिसिलाई डछठ रियाल तिर्ने बताए। कामदारले एक रुपैया पनि तिर्नुपर्दैन र उसको प्रक्रिया शुरु गरेको छ दिनमै भिषा प्राप्त गर्दछ उनले भने।उनले क्युभिसि सन्चालनमा आएपछि कुनै नेपालि कामदारलाई पनि समस्या नपर्ने र समस्या परे सरकारले नै जिम्मेवारी लिने समेत बताए।

अब कामदार भिषा,फेमिली भिषा र भिजिट भिषा नेपालबाटै क्युभिसिले दिने भएका कारण आजाद भिषाको नाममा भईरहेको ठगीको अन्त्य भएको र आजाद भिषा पूर्ण रुपमा बन्द भएको उनले बताए।

उनले आफुहरुले नेपालि कामदार कतार आएर गर्नुपर्ने सबै प्रक्रिया नेपालमै गएर गर्न लागेको मात्रै भएको बताउदै नेपालमा नेपाल सरकारकै प्रक्रियाबाट कामदार छनोट हुन्छन क्युभिसिले त कतारमा हुने प्रक्रिया हरु कामदारकै हकहितका लागी नेपालमा निसुल्क गरिदिएको छ तैपनि बिरोध हुदा दुख लाग्छ उनले भने।

उक्त कार्यक्रममा नेपाली संघ संस्थाका प्रतिनिधिहरुले सोधेको प्रश्नको जवाफ सम्बन्धित निकाय र व्यक्तिले दीएका थिए। कार्यक्रममा प्रो रमाजान अलि मियाले क्युभिसिबाट नेपाल र नेपाली कामदारलाई फाइदै फाईदा पुग्ने बताए उनले क्युभिसिको सुरु भएपछी आजाद भिषाको नाममा भईरहेको ठगीको अन्त्य भएको बताए। उनले कामदारको कतारमा गरिने प्रक्रिया नेपालमै गरिने भएकाले कामदार कतार आएर नेपाल फर्किन पर्ने समस्याको अन्त्य भएको छ क्युभिसिलाई हामीले स्वागत गर्नुपर्छ।

उनले नेपाली कामदारलाई निशुल्क सेवा दिएकोमा क्युभिसिलाई धन्यवाद समेत दिए। उनले अब कतार रोजगारीमा तलब स्केलको समस्या रहेको बताउदै यो छलफल गरेर अन्त्य गर्न नेपाल सरकारलाई आग्रह गरे। अहिले कतारले नेपाली कामदारको मिनिमम तलब ७६० र खाना २०० राखेको छ तर नेपाल सरकारले मिनिमम तलब ९०० र ३०० खानाको लागी राखेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु