नेपाली कांग्रेसले अवरोध गरेपछि प्रधानमन्त्री केपि शर्मा ओलीले गर्ने भनिएको सम्बोधन आजको लागि स्थगित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ असार ३ गते, मंगलवार १५:२३

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि प्रधानमन्त्री केपि शर्मा ओलीले गर्ने भनिएको सम्बोधन आजको लागि स्थगित भएको छ । वैठकको सुरुमै प्रतिपक्षी कांग्रेसले ‘गुठी विधेयक २०७५’ फिर्ता लिनुपर्ने मागसहित नाराबाजी गरेको थियो ।

सम्बोधनको लागि रोष्टममा पुगेका प्रधानमन्त्री प्रतिपक्षीको अवरोधका कारण बोल्दै नबोली फिर्ता भएका छन् । युरोप भ्रमण र विवादित विभिन्न विधेयकहरुको बारेमा आज प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने कार्यक्रम थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु