बलिउडकी चर्चित नायिका हुन् दिपिका पादुकोण । हट, सुन्दर र बोल्ड नायिका दिपिका पादुकोण विश्वका सुन्दर महिलाको सूचीको नम्बर एकमा परेकी छिन्। अब्जर्भर डन मा हालै प्रकाशित समाचार अनुसार दिपिका अग्र स्थानमा पुगेकी छिन् । दिपिकाले विश्वकै सुन्दरी मानिने हलिउड नायिकाहरू स्कारलेट जोनसन, एन्जेलिना जोली, बेयोन्सेलाई समेत पछि पार्दै अग्र स्थानमा पुगेकी हुन् ।