नवीन सम्मानितचाँदबागको दुवै टोली क्वाटरफाइनलमापिस प्वाइन्ट कप शुक्रबारदेखिलोयल्टी र काभ्या क्वाटरफाइनलमाप्रथम चावहिल ‘जुत्ताचप्पल व्यापार मेलामा भिड बढ्दो, उद्योगीद्वारा उपभोक्तालाइ सिधै छुटको आकर्षणमध्यपहाडी लोकमार्ग निर्माणमा ढिलाइबारे बाबुरामले गरे प्रमुखसँगै कुरामहामन्त्री थापाको प्रस्ताव ः सुशासनलाई मुलमन्त्र बनाई जनताका मुद्दासँग निरन्तर जोडिनेछौंआज फाल्गुण ९ गते बुधबार : कस्तो छ तपाईंको आजको दिन ? हेर्नुस् राशिफलमेयर कप राष्ट्रिय फुलकन्ट्याक्ट कराते प्रतियोगिता २०८० सम्पन्नसिद्ध गुफामा डा. उपाध्यायको पुस्तक लोकार्पणसँगै एल्वम विमोचन

पर्यटकीय क्षेत्र ठमेलमा खुल्यो ‘सट स्टेशन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ असार ४ गते, बुधबार २१:२६

काठमाडौँ – नेपाल भ्रमण वर्ष–२०२० लाई लक्षित गर्दै यूवा उद्यमी धर्मराज पनेरूले राजधानीको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा ‘सट स्टेशन’ खोलेका छन् । पनेरूले ५० लाख रूपैयाँ लगानी गरेर सट स्टेशन खोलेका हुन् ।

लाउन्ज र बारको सेवा प्रदान गर्ने उद्देश्यका साथ प्रमुख पर्यटकीय गन्तव्य ठमेलको नर्सिङ चोकमा ‘सट स्टेशन’ स्थापना गरिएको सञ्चालक पनेरूले बताए ।
पाँच वर्षदेखि सञ्चालन हुँदै आएको ‘क्याफे व्लिज’को ठाउँमा उक्त स्टेशन निर्माण गरीएको हो । स्टेशनले दिउँसो ११ बजेदेखि राती दुई बजेसम्म स्वदेशी तथा विदेशी युवालाई सेवा प्रदान गर्ने छ ।

यहाँ स्वदेशी तथा विदेशी स्न्याक्सका साथमा चालिस भन्दा बढी सट भेराइटी लिन पाइन्छ । सञ्चालक पनेरुले आगामी दिनमा उपत्यकाका विभिन्न ठाउँ तथा उपत्यका बाहिर पनि सट स्टेशनका शाखा खोल्ने लक्ष्य लिएको बताए ।
पनेरुसँग एक दशक लामो होटल तथा रेष्टुरेन्ट क्षेत्रमा अनुभव छ । उनले आगामी दिनमा अर्गानिक फार्ममार्फत अर्गानिक खाद्यान्न ‘सट स्टेशन’मा ल्याएर स्वदेशी तथा विदेशीलाई खुलाउने योजना रहेको बताए ।
हरेक दिन ‘ओपन माइक’, बुधबार महिलालाई विशेष अफर तथा फुड, ड्रिङ्स, म्युजिकजस्ता विशेष अफर तथा योजना अगाडि सारेको ‘सट स्टेशन’ बुधबारदेखि औपचारिक रुपमा सञ्चालनमा आउनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु